किरात याक्थुङ चुम्लुङ युकेको वेल्श शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो ।

किरात याक्थुङ चुम्लुङ युकेको वेल्स शाखाले याक्थुङ्बाहरुको महान चाँड चासोक तङ्नाम भब्यताका साथ मनायो । गत 7th December 2024 सालका दिन किरात याक्थुङ चुम्लुङ युकेको वेल्स शाखाले याक्थुङ्बाहरुको मौलिक चाँड हर्षोउल्लासका मनायो । शाखाका अध्यक्ष >>>

किरात याक्थुङ चुम्लुङ युकेको वेल्स शाखाले याक्थुङ्बाहरुको महान चाँड चासोक तङ्नाम भब्यताका साथ मनायो ।

गत 7th December 2024 सालका दिन किरात याक्थुङ चुम्लुङ युकेको वेल्स शाखाले याक्थुङ्बाहरुको मौलिक चाँड हर्षोउल्लासका मनायो । शाखाका अध्यक्ष श्री खडक चोङ्बाङ ज्युले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथिमा केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले उपस्थिती जनाउनु भएको थियो । अन्य अतिथिजनहरुमा क्रम्श: सत्यहाङ युकेका उपाध्यक्ष श्री हेम तुम्बापो, राष्ट्रिय कलाकारहरु, श्री ब्रबिन शेर्मा, अमृता सम्बाहाङ्फे, गंगा फ्याक को उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको प्रारम्भ प्रमुख अतिथी श्रीमती कमला सेन्दाङ लिम्बु ज्युलाई च्याब्रुङको साथमा स्वागत गरिएको थियो । संस्थाका उपाध्यक्ष श्री दिपक याङ्देनले स्वागत मंतब्य राख्नु भएको थियो ।

पूजारी सेवासाबा रुद्र तुम्पाबो (१) को संयोजक्त्वमा चासोक तङ्नामको बिधिपुजा गरिएको थियो भने उक्त पूजामा भक्तजनहरुले ब्यापक उपस्थिति जनाएका थिए । साथै पूजारी सेवासाबा रुद्र तुम्बापो ज्युले यस मौलिक चाँडको बिषयमा प्रकाश पर्नुका साथै भजन वाचन गर्नु भएको थियो ।

यस चासोक तङ्नाम कार्यक्रममा संस्थामा आजीवन सदस्यता ग्रहण गर्ने महानुभावहरुलाई केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुको बहुलिबाट प्रमाण पत्र प्रदान गरेको थियो । श्रीमती रोशनी चेम्जोङले संचालन गर्नु भएको कार्यक्रममा हाक्पारे ख्याली, यालाङ, केलाङ जस्ता याक्थुङ्बा संस्कार संस्क्रिती झल्काउने साँस्कृतिक कार्यक्रम समाबेश गरिएको थियो । राष्ट्रिय कलाकारहरु ब्रबिन शेर्मा, अमृता सम्बाहाङ्फे, गंगा फ्याक द्वारा बेजोड प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरुले मनोरन्जन लिएका थिए ।

प्रमुख अतिथी श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले आफ्नो मंतब्यको क्रममा चासोक तङ्नाम हामी याक्थुङ्बा जातिको प्रमुख मौलिक चाड भएको र हामी जुनसुकै मुलुकमा जे जस्तो परिस्थितीमा बसोबास गरिएता पनि भब्यताका साथ मनाएर हाम्रो संस्कार, संस्क्रिती र पहिचानलाई जीवन्त दिनु पर्ने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा शाखाका अध्यक्ष श्री खडक चोङ्बाङ ज्युले यस कार्यक्रममा आमन्त्रित पाहुनाहरु तथा सम्पूर्ण वेल्सबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि धेरै २ धन्यवाद दिदै चासोक तङ्नाम २०२४ सालको कार्यक्रम समापन भएको जानकारी गराएका थिए ।

स्रोत संकलन: किरात याक्थुङ चुम्लुङ युके वेल्स शाखा ।

नर थाम्सुहाङ ।

मिडिया संयोजक ।

किरात याक्थुङ चुम्लुङ युके ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.