युमा साम्यो महासभा युके द्वारा चासोक थिसोक भब्यताका साथ सम्पन्न ।

युमा साम्यो महासभा युके द्वारा चासोक थिसोक भब्यताका साथ सम्पन्न । गत 16th November 2024 सालका दिन युमा साम्यो महासभा युकेको संयोजक्त्वमा स्थान बिहिबारे हल, आसफोर्ड केन्टमा चासोक थिसोक कार्यक्रम तीन चरणमा भब्यताका साथ सम्पन्न >>>

युमा साम्यो महासभा युके द्वारा चासोक थिसोक भब्यताका साथ सम्पन्न ।

गत 16th November 2024 सालका दिन युमा साम्यो महासभा युकेको संयोजक्त्वमा स्थान बिहिबारे हल, आसफोर्ड केन्टमा चासोक थिसोक कार्यक्रम तीन चरणमा भब्यताका साथ सम्पन्न गर्‍यो । पहिलो चरण चासोक थिसोक पूजा कार्यक्रम प्रख्यात येबा, श्री दल बहादुर फुरुम्बो ज्युले मुन्धुम वाचन गरेर प्रारम्भ गर्नु भएको थियो भने सदबिउ, बलबिउ लिएर आउनु भएका भक्तजनहरुले सहभागिता जनाउनु भएको थियो।

दोस्रो चरण औपचारिक कार्यक्रमको अध्यक्षता महासभा युकेका अध्यक्ष श्री दिल पालुङ्वाले गर्नु भएको थियो भने प्रमुख अतिथिमा प्रख्यात येबा, श्री दल बहादुर फुरुम्बो तथा अतिथिजनहरुमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु, B.F.B.S Gurkha रेडियोका प्रस्तोता श्री योगराज राई, महासभाका सल्लाहकार श्री नरेन्द्र माबोहाङ, श्री लोकेन्द्र तबेबुङको उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा मन्तब्य राख्ने क्रममा बक्ताहरुले चासोक थिसोक प्रत्येक् घर घरमा याक्थुङ्बाहरुले मनाइसके पस्चात सामुहिक रुपमा हर्षोउल्लास मनाउने एउटा चाँड जुन लिम्बु जातिको प्रुमुख तङ्नामको रुपमा बिकशित् भएको बताए । साथै प्राचिनकालमा याक्थुङ्बा जातिहरुले प्रक्रिती र सृस्‍टिलाई सम्मान गर्दै अन्न बाली लगाएर खान सिके तर बिरामी परे, त्यसबाट छुटकारा पाउन तागेरा निङ्वाफु माङको आदेश अनुसार यस सृस्‍टिमा पहिलो पटक खेती गर्ने सिबेरा याक्थुङ्मा, सिबेरा याबुङ्गेम्मको पूजा पाकेको बाली बोट सहित् चडाए पस्चात मात्र सेवान गर्दा फलिफाप भएकोले प्रकृतिमा उब्जेको बालिनाली प्रकृतिलाई नै पहिले चडाएर मात्र सेवान गर्ने प्रचलन आएको बताए ।

अन्तिम चरणको कार्यक्रम साँस्कृतिक कार्यक्रम रहेको थियो जहाँ या:लाङ, के:लाङ, हाक्पारे ख्याली लगाएत लोकप्रिय कलाकार गंगा फियाक र सुनिता सम्बाहाङ्फेको बेजोड प्रस्तुती रहेको थियो भने BFBS Gurkha रेडियो का प्रतिनिधी श्री योगराज राईले Reporting गरेका थियो ।

स्रोत संकलन: युमा साम्यो महासभा युके ।

नर थाम्सुहाङ ।

Media Coordinator l KYC UK

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.