किरात याक्थुङ चुम्लुङ युकेले चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो ।

मिति: २१ डिसेम्बर २०२४ सालका दिन स्थान चुम्लुङ हिम, यल्डिङ, मेडस्टोनमा रहेको आफ्नो भवनमा चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो । संस्थाका केन्द्रिय उपाध्यक्ष तथा चुम्लुङ हिमका संयोजक श्री राजन लाबुङ लिम्बुको संयोजक्त्वमा आयोजना गरिएर्को >>>

मिति: २१ डिसेम्बर २०२४ सालका दिन स्थान चुम्लुङ हिम, यल्डिङ, मेडस्टोनमा रहेको आफ्नो भवनमा चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो । संस्थाका केन्द्रिय उपाध्यक्ष तथा चुम्लुङ हिमका संयोजक श्री राजन लाबुङ लिम्बुको संयोजक्त्वमा आयोजना गरिएर्को कार्यक्रमा केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले अध्यक्षता गर्नु भएको थियो । किरात याक्थुङ चुम्लुङ युकेले प्रत्येक् बर्ष चासोक तङ्नाममा प्रमुख अतिथी उक्त कार्यक्रममा उपस्थिती जनाउने मध्ये सिनियर सिटिजनलाई ससम्मानका साथ राखिने भएको हुनाले यस बर्षको प्रमुख अतिथीमा समाजसेवी किरात याक्थुङ चुम्लुङ नेपालका पुर्व उपाध्यक्ष श्रीमती नर कुमारी लिम्बुले प्रमुख अतिथिको आषण ग्रहण गर्नु भएको थियो । अन्य अतिथिजनहरुमा, किरात राइ यायोखा, किरात सुनुवार समाज, याखा छुम्माका प्रतिनिधिहरुले उपस्थिती जनाएका थिए भने संस्थाका पुर्व अध्यक्षहरु, शाखा समितिका अध्यक्षहरु, लगाएत वेन्सा चुम्भोका अध्यक्ष श्रीमती हाङ्मा लावती, थामेन्दिङ्माका अध्यक्ष श्रीमती मनमाया नेम्बाङ को उपस्थिति रहेको थियो । एबंम प्रकारले हाल बेलायतको भ्रमणमा रहनु भएका राष्ट्रिय कलाकारहरु, ब्रमिन शेर्मा, गंगा फ्याक्, र अमृता सम्बाहाङ्फेको उपस्थिती रहेको थियो ।

सृस्‍टि संग सम्बन्ध रहेको यो याक्थुङ्बाहरुको मौलिक चाँड तथा हामी सम्पूर्ण नेपालीहरुको राष्ट्रिय चाँड चासोक तङ्नाम बिधिवत रुपले पूजा सेवासाबा रामसिङ थेबेको नेत्रित्वमा सम्पन्न गरिएको थियो भने उक्त पूजामा उपस्थिथित सम्पूर्ण भक्तजनहरुले सहभागिता जनाएका थियो । सृस्‍टिको उत्पती संगै सर्बज्ञानी, सर्बश्रेष्ठ, नदेखिने, देखा नपर्ने इश्वर तागेरा निङ्वाभुमाङको निर्देशन अनुसार पहिलो पटक यस् सृस्‍टिमा अन्न उत्पादन गर्नको लागि बाली लगाउने सेवेरा याक्थुङ्मा, सेवेरा याबुङ्केमाको सम्मानमा प्रकृतिमा उब्जेको बालिनाली प्रकृतिलाईनै पहिले चडाएर मात्र सेवान गर्नु पर्छ भन्ने विश्वाशका साथ चासोक पूजा र पूजा पस्चात यसलाई तङ्नामको रुपमा मनाउने प्रचन छ ।

संस्थाका महासचिव विश्वाश दीप तिगेलाले संचालन गरेको यस कार्यक्रममा चासोक तनङ्नामको शुभ-अवशरमा किरात याक्थुङ चुम्लुङ युके प्रती ड्रिद विश्वाशका साथ बिभिन्न क्षेत्रमा योगदान पुर्याउने सदस्यहरुलाई सम्मान सहित संस्थाका अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले प्रमाण पत्र प्रदान गरेकी थिइन । उक्त कार्यक्रममा लिम्बु संस्कार संस्क्रिती संग सम्बन्धित बिभिन्न खानपिनका परिकारहरु उक्त तङ्नाममा उपस्थित सदस्यहरुले स्वस्फुर्त उपलब्ध गराएका थिए । बेलायतको प्रतिकुल मौसमको बाबजुद राष्ट्रिय कलाकारहरुले याक्थुङ्बा संस्कार संस्क्रिती सम्बन्धी हाक्पारे, यालाङ, केलाङ, खेतिपाती संग सम्बन्धित गीत, संगीत, न्रित्य प्रस्तुत गरि मनोरन्जन दिलाएका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले याक्थुङ्बाहरुको प्रमुख मौलिक चाँड चासोक तङ्नाम भएको र यो चासोक पूजा घर घरमा सम्पन्न गरी अन्त्यमा तङ्नामको रुपमा विश्वाभर बसोबास गर्ने याक्थुङ्बाहरुले मनाइने तङ्नामलाई ब्यापक रुपले हर्षउल्लासका साथ मनाइ हाम्रो संस्कार, संस्क्रिती, र पहिचानलाई उच्च स्थानमा राख्नु पर्ने बताइन । किरात याक्थुङ चुम्लुङ युकेको मेरुडन्दको रुपमा उभिएका सम्पूर्ण शाखा समितिहरु, थामेन्दिद्ङ्मा तथा उर्जाशिल युवा वेन्सा चुम्भोले निभाउदै आएको कार्यको खुलेरै प्रसंशा गरेकी थिइन । यस बर्षको चासोक तङ्नामलाई सफल बनाउन समर्पित संस्थाका उपाध्यक्ष श्री राजेन लाबुङ लिम्बु तथा वेष्ट केन्ट शाखाका सम्पूर्ण सदस्यहरुलाई बिशेष धन्यवाद दिदै चासोक तङ्नाम २०२४ साललाई सफल बनाउन बिभिन्न संघ संस्थाका प्रतिनिघिहरु तथा उपस्थित सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेकी थिइन ।

नर थाम्सुहाङ ।

मिडिया संयोजक

किरात याक्थुङ चुम्लुङ युके ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.