सिसेक्पा तँङनाम – २०२३

      सिसेक्पा तँङनाम २०२३ मानब सभ्यताको गती सँगै विश्वाब्यपीकरणले हरेक समाज र संस्कारले आ-आफ्नो मौलिकतालाई संस्थगत गर्ने सामाजिक दृष्‍टिकोणले यो दुनियाँमा फैलिएको सामाजिक सागरलाई आत्मा साथ गर्नु नै पर्ने हुन्छ । यस् सन्दर्भ >>>

सिसेक्पा तँङनाम २०२३

मानब सभ्यताको गती सँगै विश्वाब्यपीकरणले हरेक समाज र संस्कारले आ-आफ्नो मौलिकतालाई संस्थगत गर्ने सामाजिक दृष्‍टिकोणले यो दुनियाँमा फैलिएको सामाजिक सागरलाई आत्मा साथ गर्नु नै पर्ने हुन्छ । यस् सन्दर्भ अन्तर्गत बेलायती लिम्बु(याक्थुङ) ले आफ्नो ऐतिहासिक पाटोमा ईतिहासको पान थप्ने सामाजिक कृया कलापहरुको निरन्तरता दिने अभ्यस बेलायत वासी तमाम याक्थुङयाक्थुङमा पनि अग्रसरता देखिएको आभस सजिलै गर्न सकिन्छ। बेलायतको ईतिहासमा २००४ साल देखी ब्रिटिश गोर्खा सेनाबाट अबकाश लिए पश्चात सम्पुर्ण गोर्खाका परिवार यस् बेलायतमा स्थाई बसोवास गर्न पाउने अबसर बेलायत सरकारले प्रदान गरेपछी बेलायतमा गोर्खाली बर्ग भित्रको एक बहुसंख्यामा लिम्बु(याक्थुङ)समाज पनि हो ।

किरात याक्थुङ चुम्लुङ युके एक लिम्बु(याक्थुङ)हरुको प्रतिनिधि मुलक सामाजिक संस्था हो । यस् संस्थाको लागि राजनीतिक र धर्मको संक्रीण भावना भन्दा माथि उठेर यो संस्थाको उच्च सम्मानका साथ यो संस्थालाई ग्रहन गर्नु प्रत्येक लिम्बु नागरिकहरुको अपरिहर्य दाहित्व बोध गर्नु अती अबस्य हुनु पर्ने जस्तो लागेको छ । तसर्थ यस् बर्ष पनि किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत सिसेक्पा तङ्नाम – २०२३ (नेपाली चाड: स्रवाने संग्राती)को आयोजित कार्यक्रम सब्य र भब्यताका साथ मिति १५ जुलाई २०२३ सम्पन्न भएको छ ।

यस् तङ्नामको लागिको औपचारिक कार्यक्रममा प्रमुख अथिती किरात याक्थुङ चुम्लुङ नेपालका संधिय अध्यक्ष श्री प्रेम प्रसाद येक्तेन लिम्बु ज्यु, बिशेष अथितीमा NRNA UK का अध्यक्ष श्रीप्रेम गहा मगर, जनजाती महासंध यूकेका अध्यक्ष श्रीकर्म पहाडी र स्थानीय Yalding Perish Council | Chairman | Councillor – Geraldine Brown, Councillor:  Dee Ann Stead and Councillor: Andy Saunders ज्युहरु हुनु हुन्थ्यो। अन्य अथिती गणमा बिभिन्न जातजातीका प्रतिनिधी पदाधिकारीहरु, स्थानिय जिल्ला, ईलाका, ब्याबसायीहरु र अन्य संघसंस्थाका पदाधिकारी र प्रतीनिधीहरुको उपस्थितीमा कियाचु युकेको केन्द्रीय अध्यक्ष श्री नरबिर आङबोको अध्यक्षतामा, औपचारिक र मनोरन्जन कार्यक्रम संस्थाका महा सचिव श्री जुरेन्द्र खजुमले र केलाङ-यालाङको प्रतियोगिता सह सचिव सानु सुब्बाले सन्चालन गरेको थियो ।

यो तङनामको प्रमुख आयोजक कियाचु युकेका केन्द्रीय कार्यसमिती रहेको र संयोजक केन्द्रीय उपाध्यक्ष श्री सन्त हु. चोङबाङ र सम्पूर्ण आयोजनाको काम र कार्यमा सह संयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लाओती, ब्यबसायिकहरुको फाटमा केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लाओती, पाहुना सत्कारमा केन्द्रीय उपाध्यक्ष श्रीमति अमृता पालुंवा तथा महिला बिभाग( थामेंदिङमा) र स्वास्थ्य बिभागमा बिभाग्य प्रमुख कमला सेन्दाङले भूमिका निभाउनु भएको थियो ।

कियाचु युकेका १६ ओटा शाखा, महिला बिभाग, याक्थुङ कुस्सा चुम्भो र अन्य चुम्लुङ युकेका प्रतिनिधीहरुको सकृयतामा यो तङ्नाम सफल भएको थियो। कार्यक्रममा बिभिन्न विश्वबिध्यलयबाट बिभिन्न बिषयमा डाक्टर, उच्च शिक्षा हासिल गरेका लिम्बु बिद्यार्थीहरुलाई र कियाचु युकेमा यलम्बरहाङ, कलाकार र चुम्लुङ आवार्डले बर्षको सम्मान प्रमाण पत्रले सम्मान पनि गरिएको थियो । तङनाममा केलाङ र यालाङको प्रतियोगिता अनी अन्य सस्कृतिक कार्यक्रमको साथमा स्थाहरु प्रस्तुतीको साथ चर्चित गायक भिसन मुकारुङ र नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बोकेका तथा Buddha was Burn in Nepal का अभियन्ता प्रख्यात गायक धिरज राईको बेतोड प्रस्तुतीले तङ्नामको माहोललाई थप मनोरन्जनमा टेवा मिलेको थियो । कार्यक्रमको अन्त्यमा केलाङ र यालाङको गतिबिधिको साथ सम्पूर्ण सिसेक्पा तङ्नाम सम्पन्न भएको थियो ।

यस् तङ्नामको लागि आमन्त्रित बेलायतका सारा लिम्बु(याक्थुङ)आमाबाबा, दाजुभाइदिदीबहिनी, छोराछोरी, ज्वाँईचेला, भान्जाभान्जी र अन्य गैर लिम्बु ईष्ट मित्र र साथीभाई अनी बिभिन्न जातजातीका संघसंस्थाका पदाधिकारी र प्रतीनिधी लगायत सबै सबैमा कियाचु युकेको तर्फबाट यहाँहरुको गरिमय उपस्थिति प्रति हार्दिक लुङमेङन्दीङ आभार र धन्यबाद दिन चाहन्छौ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.