Date: 17 December 2022 KYC UK Chumlungden, Yalding, Maidstone, Kent, UK मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्राकृति पूजक समाज भित्र एक मुख्य जातीमा लिम्बु(याक्थुङ) पर्ने गर्दछ। त्यसो भएको हुँदा लिम्बु भाषाबाट स्थापित >>>
Date: 17 December 2022
KYC UK Chumlungden, Yalding, Maidstone, Kent, UK
मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्राकृति पूजक समाज भित्र एक मुख्य जातीमा लिम्बु(याक्थुङ) पर्ने गर्दछ। त्यसो भएको हुँदा लिम्बु भाषाबाट स्थापित चासोक तङ्नाम (उधौली वा मंसिर पूर्णे वा न्वाँगी पूजा गरी भूमी र प्रकृतिलाई पूजा गर्ने काम गरिन्छ।
यसै सन्दर्भमा यस् बर्षको येले तङ्बे ५०८२ किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत उधौली पूजा तथा चासोक तङनाम मिती: १७ डिसेम्बर २०२२ शनिबारका दिन कियाचु यूकेको चुम्लुङदेनमा भएको हो। यस् तङ्नामको संयोजक केन्द्रीय उपाध्यक्ष श्री सन्त हुक्पा चोङबाङ हुनु हुन्थ्यो र तङनामलाई सफल बनाउन कियाचु यूके, वेष्ट केन्ट शाखाको अध्यक्ष श्री बिर नर्सिङ हुक्पा चोङ्बाङ र शाखा समितीको सहकार्यमा सम्पन्न भएको थियो। बिशेष मौलिक खानाहरूको परिकारलाई प्रायोजन गर्नु हुने शाखाका उपाध्यक्ष श्रीमति मेनुका आन्छाँबो लिम्बू राई र उहाँका सहकार्य शाखाका सक्रिया सदस्य दीदीबहिनीहरूबाट व्यवस्था गरी केन्द्रीय कार्यसमितिलाई अमुल्य सहयोग दिनु भएको थियो।
चासोक तङनाम नेपालको एक राष्ट्रिय चाडको रुप्मा राज्यले दिएको अवस्था हो। यस् चाडलाई ब्रीहत तरिकाले आयोजना गर्न यूकेको प्रतिकुल मौसमले साथ नपाईने परिस्थितीले गर्दा चुम्लुङ यूकेका १६ वटा शाखाले आ-आफ्नो स्थानिय मातहतमा मान्ने गरिएको पनि अबस्था हो। यसो भएको हुँदा कियाचु युकेको केन्द्रीय कार्यसमितीले पनि हरेक बर्ष बेलायतका तमाम लिम्बु(याक्थुङ) समाजको प्रतिनिधि गरी कार्यक्रम संन्चालन गर्दै आईरहेको हो।
यस् बर्षको लागि तङ्नामको बिधी र पद्द्तीलाई पुरा गर्ने प्रकृयामा किरात सात्तेहाङ्मा फाल्गुनन्द समाज यूकेका अध्यक्ष श्री रतन चेम्जोङ र सेवासाबा श्री रुद्र तुम्बापाको अग्रसर्तामा पूजाको बिधी पहिलो चरण र दोस्रो चरण तङ्नामको औपचारिकताको लागि केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बोको अध्यक्षता, केन्द्रीय सल्लाहकार, शाखा अध्यक्षहरु, केन्द्रीय सद्स्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र बिशेष वेष्ट केन्ट शाखाका बहुसंख्या सदस्यहरुको उपस्थिती लगायत कियाचु यूकेलाई सदा माया गर्ने याक्थुङ्बा र याक्थुङ्बाहरुको सहभागीताका साथ कियाचु यूकेको चुम्लुङदेनमा थप स्रमदान, अनी खेलकुदको गतिबिधीहरुमा आर्थिक, नैतीक र भौतिक कुराहरुमा योगदान दिनु हुने सम्पूर्ण मनका धनी र दानी ब्यक्तित्वहरुलाई लिम्बु(याक्थुङ)को मुन्धुमी खदाहरुले सम्मान गरिएको थियो। सम्पूर्ण कार्यक्रमको रुपरेखा केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुम र मनोरन्जनको लागि राफल ड्रको सन्चालन केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लओतीले गर्नु भएको थियो। आर्थिक गतिबिधीमा केन्द्रीय कोषाध्यक्ष श्री दीपेन्द्र याक्सो र तोंबा र पेय पदार्थमा केन्द्रीय उपाध्यक्ष श्री मति अमृता पलुंवाको भूमिका रहेको थियो र चुम्लुङदेनलाई व्यवस्थापन गर्न मूल भुमिका केन्द्रीय कोषाध्यक्ष श्री जिवन प्यारा मादेन रहनु भईको थियो।
सम्पूर्ण उपस्थितिहरूमा र यहाँहरूले गर्नु भएको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग प्रति अनि गरीमय सहभागीत भई तंगनामलाई सफलता प्रदान गर्नु भएकोमा आयोजक तथा केन्द्रीय कार्यसमिति हार्दिक कृतज्ञात र आभार प्रकट गरिन्छ।
यरिक यरिक नोगेन।
जय चासोक तङनाम | जय किरात याक्थुङ चुम्लुङ यूके।



