किरात याक्थुङ चुम्लुङ यूकेद्वारा चासोक तङ्नाम २०२५ भव्य रूपमा सम्पन्न

किरात याक्थुङ चुम्लुङ यूकेद्वारा चासोक तङ्नाम २०२५ भव्य रूपमा सम्पन्न ।

मेडस्टोन, केन्ट | २० डिसेम्बर २०२५

किरात याक्थुङ चुम्लुङ यूकेले लिम्बू समुदायको महान् सांस्कृतिक पर्व चासोक तङ्नाम २०२५ भव्य तथा सभ्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम आज Chumlung Den, Benover Road, Yalding, Maidstone, Kent (ME18 6ET) मा आयोजना गरिएको थियो।

किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि खड्गजंग आङ्बुहाङ, केन्द्रीय तथा शाखा पदाधिकारीहरू, सल्लाहकार समिति सदस्यहरू, शाखा अध्यक्षहरू, नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरू कन्चन थलङ, रन्जिता सावादेन र पदम राई, साथै स्थानीय कलाकार र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा फेदाङ्मा दल बहादुर फुरुम्बोद्वारा नयाँ बाली अर्पण (चासोक थिसोक) सम्पन्न गरियो। नयाँ पाकेको धान, कोदो, मकै, फापरलगायत अन्न अर्पण गर्दै सामूहिक पूजा गरी प्रकृति, देवता र पुर्खाप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

दोस्रो चरणको औपचारिक कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपेन्द्र याक्सोले स्वागत मन्तव्य राख्दै चासोक तङ्नामको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्नुभयो। उपाध्यक्ष सानु सुब्बाले श्रिजङ्गा सिङ्थेवा लिम्बू समुदायका महान् धार्मिक, सांस्कृतिक तथा बौद्धिक व्यक्तित्व भएको उल्लेख गर्दै श्रिजङ्गा लिपिको पुनर्जागरणले लिम्बू भाषा, शिक्षा र पहिचान मजबुत बनाएको बताउनुभयो। साथै उहाँले इतिहासकार, भाषाविद् तथा संस्कृतिविद् इमानसिंह चेम्जोङ लिम्बू समुदायको इतिहास, भाषा, धर्म र संस्कृतिको वैज्ञानिक अध्ययनका अग्रणी विद्वान् भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा संस्थाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सदस्यहरूलाई अध्यक्ष कमला सेन्दाङ लिम्बुको हातबाट प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसै अवसरमा पूर्व उपाध्यक्ष तथा याक्थुङ लिपि पत्रिकाका सम्पादक छत्र वनेमले संस्थालाई पत्रिका हस्तान्तरण गर्नुभयो।

प्रमुख अतिथि खड्गजंग आङ्बुहाङले सन् २००३ मा २६ जनाको सहभागितामा संस्था स्थापना भएको स्मरण गर्दै दिवंगत संस्थापक सदस्यहरूको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। उहाँले चासोक तङ्नाम स्थापना कालदेखि निरन्तर मनाइँदै आएको र यस वर्ष २२औँ संस्करण सम्पन्न भएको उल्लेख गर्दै यो पर्व अहिले अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै आउनु गौरवको विषय भएको बताउनुभयो।

कार्यक्रमको समापन मन्तव्यमा अध्यक्ष कमला सेन्दाङ लिम्बुले चासोक तङ्नाम लिम्बू समुदायको प्रमुख सांस्कृतिक पर्व भएको उल्लेख गर्दै नयाँ बाली पाकेको अवसरमा प्रकृति, देवता र पुर्खाप्रति धन्यवाद व्यक्त गर्ने परम्पराको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले चासोक तङ्नामले सामाजिक एकता मजबुत बनाउने र सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

कार्यक्रम सञ्चालन सचिव सकुन नेम्बाङ र उपाध्यक्ष सानु सुब्बाले गर्नुभएको थियो। नेपालबाट आमन्त्रित तथा स्थानीय कलाकारहरूको प्रस्तुति अन्तर्गत के लाङ, हाक्पारे, ताम्के लाम्बा उङमा र यालाङ नृत्य प्रस्तुत गरिएको थियो। साथै कार्यक्रम स्थलमा परम्परागत याक्थुङ कुवा–कुजाको व्यवस्था गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक समिति, कलाकार, स्वयंसेवक तथा उपस्थित महानुभावहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ।

तागेरा निङ्वाफु माङले सबैको कल्याण गकिरात याक्थुङ चुम्लुङ यूकेद्वारा चासोक तङ्नाम २०२५ भव्य रूपमा सम्पन्न

युके । किरात याक्थुङ चुम्लुङ यूकेले लिम्बू समुदायको महान् सांस्कृतिक पर्व चासोक तङ्नाम २०२५ भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम आज मिति २० डिसेम्बर २०२५ का दिन Chumlung Den, Benover Road, Yalding, Maidstone, Kent (ME18 6ET) मा आयोजना गरिएको हो।

किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि श्री खड्गजंग आङ्बुहाङ, केन्द्रीय तथा शाखा पदाधिकारीहरू, सल्लाहकार समिति सदस्यहरू, शाखा अध्यक्षहरू, नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरू कन्चन थलङ, रन्जिता सावादेन र पदम राई, साथै स्थानीय कलाकार र संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा फेदाङ्मा श्री दल बहादुर फुरुम्बोद्वारा नयाँ बाली अर्पण (चासोक थिसोक) सम्पन्न गरियो। नयाँ पाकेको धान, कोदो, मकै, फापरलगायत अन्न चढाई समुदायका सदस्यहरूले सामूहिक पूजा गर्दै प्रकृति, देवता र पुर्खाप्रति कृतज्ञता व्यक्त गरेका थिए।

दोस्रो चरण औपचारिक कार्यक्रमको रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रम संयोजक तथा उपाध्यक्ष श्री दिपेन्द्र याक्सोले स्वागत मन्तव्य राख्दै चासोक तङ्नामको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वमाथि प्रकाश पार्नुभयो। उपाध्यक्ष सानु सुब्बाले श्रिजङ्गा सिङ्थेवा लिम्बू समुदायका महान् धार्मिक, सांस्कृतिक तथा बौद्धिक व्यक्तित्व भएको उल्लेख गर्दै श्रिजङ्गा लिपिको पुनर्जागरणले लिम्बू भाषा, शिक्षा र पहिचान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले इमानसिंह चेम्जोङ लिम्बू समुदायको इतिहास, भाषा, धर्म र संस्कृतिको वैज्ञानिक अध्ययन तथा अभिलेखीकरण गर्ने अग्रणी विद्वान् भएको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा संस्थाको प्रगति, उन्नति तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सदस्यहरूलाई अध्यक्ष कमला सेन्दाङ लिम्बुको हातबाट प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसै अवसरमा संस्थाका पूर्व उपाध्यक्ष तथा याक्थुङ लिपि पत्रिकाका सम्पादक श्री छत्र वनेमद्वारा संस्थाकी अध्यक्षलाई पत्रिका हस्तान्तरण गरिएको थियो।

प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष श्री खड्गजंग आङ्बुहाङले सन् २००३ मा २६ जनाको उपस्थितिमा संस्था स्थापना भएको स्मरण गर्दै, दिवंगत संस्थापक सदस्यहरूको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। उहाँले चासोक तङ्नाम स्थापना कालदेखि निरन्तर रूपमा मनाइँदै आएको र यस वर्ष २२औँ पटक आयोजना गरिएको उल्लेख गर्दै, अहिले यो पर्व अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै आउनु गौरवको विषय भएको बताउनुभयो।

कार्यक्रमको समापन मन्तव्यमा अध्यक्ष कमला सेन्दाङ लिम्बुले चासोक तङ्नाम लिम्बू समुदायको प्रमुख सांस्कृतिक पर्व भएको उल्लेख गर्दै नयाँ बाली पाकेको खुशीमा प्रकृति, देवता र पुर्खाप्रति धन्यवाद व्यक्त गर्ने पर्व भएको बताउनुभयो। उहाँले चासोक तङ्नामले सामाजिक एकता मजबुत बनाउने, पुर्खाको संस्कार संरक्षण गर्ने र सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्‍याउने संयोजक उपाध्यक्षद्वय दिपेन्द्र याक्सोसन्त कुमार हुक्पाचोङ्बाङ, कोषाध्यक्ष खगेन्द्र लावती, विभागीय संयोजक भक्ति आङ्देम्बे, वेन्सा चुम्भोका युवासमूह, थामेन्दिङ्मा, हुक्वा प्रदान गर्ने दिदीबहिनीहरू, आमन्त्रित कलाकारहरू तथा सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रम सञ्चालन सचिव सकुन नेम्बाङ र उपाध्यक्ष सानु सुब्बाले गर्नुभएको थियो। नेपालबाट आमन्त्रित कलाकारहरू तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा के लाङ, हाक्पारे, ताम्के लाम्बा उङमा, यालाङ नृत्य प्रस्तुत गरिएको थियो। साथै कार्यक्रम स्थलमा परम्परागत याक्थुङ कुवा–कुजाको व्यवस्था समेत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा “तागेरा निङ्वाफु माङले सबैको कल्याण गरून्” भन्ने कामनासहित चासोक तङ्नाम २०२५ सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो।


नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ यूके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.