किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक साधारण सभा सम्पन्न

किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक साधारण सभा सम्पन्न।

मेडस्टोन (युके) — किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक साधारण सभा “एउटै भाषा, लिपि, संस्कृति र भावना — समृद्ध लिम्बु (याक्थुङ्बा) समाजको उन्नति हाम्रो निरन्तर चाहना” भन्ने मूल नारासहित २० सेप्टेम्बर २०२५ का दिन संस्थाको आफ्नै भवन चुम्लुङदेन, याल्डिङ, मेडस्टोन मा सफलतापूर्वक सम्पन्न भएको छ।

सभामा “एउटै मुन्धुम परम्परा, विविध पद्दति र अभ्यासमा आ–आफ्नो रितिथिति — याक्थुङ्बा पहिचानको सुन्दर विविधता” भन्ने आदर्शलाई आत्मसात गर्दै संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन महासचिव महेश कुमार वनेमले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खगेन्द्र लावतीले आर्थिक (कोष) प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो। साथै, विभिन्न शाखा समितिका अध्यक्षहरूले आ–आफ्नो क्षेत्रगत गतिविधि तथा प्रगति प्रतिवेदनहरू प्रस्तुत गरेका थिए।

यस अवसरमा किरात याक्थुङ चुम्लुङ युकेका पूर्व महासचिव श्री जुरेन्द्र खजुमले संस्थाको तत्कालीन वेबसाइटलाई डिजिटाइज गर्ने विषयमा पावर पोइन्ट प्रस्तुतिमार्फत आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तुतिले चुम्लुङ युकेको डिजिटल विकास तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल सिर्जना गरेको थियो।

समापन मन्तव्यमा अध्यक्ष कमला सेन्दाङ लिम्बुले गत वर्षको क्यालेन्डरमा समावेश सबै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण पदाधिकारी, सदस्यहरू, विभागीय प्रमुखहरू, शाखा अध्यक्षहरू, थामेन्दिङ्मा तथा वेन्सा चुम्भोको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि यही एकता, समर्पण र सहकार्यका साथ संस्था अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सभाको समापन गर्नुभयो।

नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.