किराती येले तङ्बे ५०८६ नयाँ वर्ष तथा कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति राष्ट्रिय चाड – २०८२) को हार्दिक मंगलमय शुभकामना

शुभकामना सन्देश

किराती येले तङ्बे ५०८६ नयाँ वर्ष तथा कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति राष्ट्रिय चाड – २०८२) को पावन अवसरमा बेलायतवासी याक्थुङबा–याक्थुङ्माहरुमा साथै विश्वभर छरिएर रहनु भएका सम्पूर्ण याक्थुङ/लिम्बु समाज, तमाम किराती समुदाय, नेपाली समाज तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस ऐतिहासिक तथा सांस्कृतिक पर्वले आपसी सद्भाव, एकता, सहकार्य र पहिचानको भावना अझ सुदृढ गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगतिको मार्ग प्रशस्त गरोस्। नयाँ वर्षले शु–स्वास्थ्य, दीर्घायु, सफलता तथा उज्ज्वल भविष्यको कामना पूरा गरोस् भन्ने हार्दिक अपेक्षा गर्दछौं।

किराती सभ्यता, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता रहिरहोस्।
येले तङ्बे ५०८६ तथा कक्फेक्वा तङ्नामको हार्दिक मंगलमय शुभकामना !

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.