
किरात याक्थुङ चुम्लुङ युके थामेन्दिङ्को संयोजनमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।
मेडिस्टोन, केन्ट | ३० मे २०२६
किरात याक्थुङ चुम्लुङ युके थामेन्दिङ्को आयोजनामा गत शनिबार मेडिस्टोन, केन्टस्थित आफ्नै प्राङ्गणमा ऐतिहासिक हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ थामेन्दिङ् युकेकी अध्यक्ष मनमाया नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बु प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार तथा भाषाविद् तुतु येहाङ लावती, एनआरएनए युकेका महासचिव जुरेन्द्र खजुम, कियाचु युकेका केन्द्रीय कोषाध्यक्ष खगेन्द्र लावती, आईसीसी उपाध्यक्ष विश्वासदीप तिगेला, सेवारो कलाकार सङ्घका अध्यक्ष इन्दु पन्धाक, वेन्सा चुम्भोकी अध्यक्ष हाङ्मा लावती, नेपाल पत्रकार महासङ्घ बेलायतकी अध्यक्ष विमला सेने लिम्बु लगायत विभिन्न शाखाका अध्यक्ष तथा सदस्यहरूको उपस्थिति थियो।

युमासाम्यो युके सांस्कृतिक केलाङ समूहद्वारा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्वअध्यक्षहरू, कलाकारहरू तथा खेलकुदमा सहभागी महिला खेलाडीहरूलाई अध्यक्ष मनमाया नेम्बाङले स्वागत तथा सम्मान गर्नुभएको थियो।

प्रतियोगितामा लिम्बूहरूको संस्कार, संस्कृति, इतिहास, मुन्धुम, भेषभूषा, मौलिक खाना, समसामयिक ज्ञान तथा लिम्बू समुदायमा प्रचलित मेन्लुङ फुसिङ्मा र साईमुन्द्रि छिनाउने विषयसम्बन्धी प्रश्नहरू समावेश गरिएको थियो।
कियाचु युकेका १६ शाखामध्ये ८ शाखाले हाजिरीजवाफ प्रतियोगितामा तथा ५ शाखाले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए।
हाजिरीजवाफ प्रतियोगिताको नतिजा
प्रथम: कियाचु वेल्स शाखा
द्वितीय: ग्रेटर लन्डन शाखा
तृतीय: थोरक शाखा

वक्तृत्वकला प्रतियोगिताको नतिजा
प्रथम: लोक बहादुर सेनेहाङ
द्वितीय: भक्ति आङ्देम्बे
तृतीय: इन्दु पन्धाक
कार्यक्रम सञ्चालन संस्थाकी महासचिव शुभ नेम्बाङ र सचिव धनकुमारी थोक्लिहाङले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत वक्ताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष मनमाया नेम्बाङले आमन्त्रित पाहुना, विभिन्न शाखाबाट सहभागी प्रतिनिधि, कलाकार तथा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति

धन्यवाद, सेवारो।
नर थाम्सुहाङ
मिडिया संयोजक





