बेलायत, २३ नोभेम्बर २०२६।
किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय अध्यक्ष श्रीमती कमला लिम्बूले याक्थुङ (लिम्बू) समुदायको महान् मौलिक सांस्कृतिक पर्व चासोक तङ्नाम–२०२६ को पावन अवसरमा बेलायतलगायत विश्वभर रहेका सम्पूर्ण याक्थुङ समुदाय, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले यस पर्वले सबैमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै याक्थुङ समुदायको मौलिक भाषा, लिपि, मुन्धुम, संस्कृति र परम्पराको निरन्तर संरक्षण तथा प्रवर्द्धनमा प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
साथै, आगामी १९ डिसेम्बर २०२६, शनिबार, चुम्लुङदेन, केन्टमा आयोजना हुने चासोक तङ्नाम उत्सवमा सम्पूर्ण समुदायलाई सपरिवार सहभागी हुन हार्दिक आह्वान गर्नुभएको छ।
सेवारो !
श्रीमती कमला लिम्बू
केन्द्रीय अध्यक्ष
किरात याक्थुङ चुम्लुङ यूके
Kirat Yakthung Chumlung UK
#ChasokTangnam2026 #KYC_UK #YakthungCulture #KiratYakthungChumlungUK



