किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक साधारण सभा Chumlungden, Yalding, Maidstone मा सम्पन्न । “एउटै भाषा, लिपि, संस्कार, संस्कृती र भावना, समृद्ध लिम्बु/याक्थुङ समाजको उन्नति हाम्रो निरन्तर चाहना। एउटै मुन्धुम, परम्परा, बिधि र पद्दति लिम्बु/याक्थुङको रितिथिति, >>>

किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक साधारण सभा Chumlungden, Yalding, Maidstone मा सम्पन्न ।
“एउटै भाषा, लिपि, संस्कार, संस्कृती र भावना, समृद्ध लिम्बु/याक्थुङ समाजको उन्नति हाम्रो निरन्तर चाहना।
एउटै मुन्धुम, परम्परा, बिधि र पद्दति लिम्बु/याक्थुङको रितिथिति, तर अभ्यास र आस्थामा आ-आफ्नोपनको नितिथिति।

यहि स्लोगनको परिफेरीमा लिम्बु/याक्थुङबा पहिचानको सुन्दर विविधता, भावना र आदर्शका साथ सम्पन्न बार्षिक साधारण सभा २० सेप्टेम्बर २०२५ का दिन किरात याक्थुङ चुम्लुङ युकेको आफ्नै भवन Chumlungden, Yalding, Maidstone मा संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।

सभामा संस्थाको वार्षिक प्रतिवेदन महासचिव महेश कुमार वनेमले प्रस्तुत गर्नुभएको थियो भने कोषसम्बन्धी प्रतिवेदन कोषाध्यक्ष खगेन्द्र लावतीले प्रस्तुत गर्नुभएको थियो, जुन सभाले पारित गरेको थियो। यस्तै, शाखा समितिका अध्यक्षहरूले आ–आफ्नो क्षेत्रगत प्रतिवेदनहरू पनि प्रस्तुत गरेका थिए।

अध्यक्ष कमला सेन्दाङ लिम्बुले गत वर्षको क्यालेन्डरमा समावेश कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य, विभागीय प्रमुख, शाखा अध्यक्षहरू, थामेन्दिङ्मा र वेन्सा चुम्भोको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि यसैगरी संस्था अघि बढ्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके



