यलम्बरहाँङ कप सम्पन्न

लण्डन, गत २० अप्रिल २०१९ का दिन लण्डनको फेल्थाममा सम्पन्न १२ औं यलम्बरहाँङ कपको उपाधि किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक फूटबल टिमले चुमेको छ । बेजिङस्टोक टिमले यलम्बरहाँङ रनिङ कप संगै नगद १३ सय पाउण्ड अर्थात >>>

लण्डन, गत २० अप्रिल २०१९ का दिन लण्डनको फेल्थाममा सम्पन्न १२ औं यलम्बरहाँङ कपको उपाधि किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक फूटबल टिमले चुमेको छ ।

बेजिङस्टोक टिमले यलम्बरहाँङ रनिङ कप संगै नगद १३ सय पाउण्ड अर्थात नेरु दुईलाख जित्न सफल भएको छ । उपविजेता बन्न सफल मर्करी एफसिले नगद ६ सय पाउण्ड प्राप्त गरयो । विभिन्न ४१ वटा टिम सहभागी खेलमा ४ समुहमा खेल खेलाईएको थियो । मुख्य टिम, भ्याट्रन, सुपर भ्याट्रन र महिला टिम |

भ्याट्रन तर्फ विजेता पोखरा युनाईटेड र उपविजेता बिबिसी एफसी । सुपर भ्याट्रन तर्फ विजेता एफ सि केन्ट सुपर जायण्ट र उपविजेता हाम्सायर एफसि बन्न सफल भयो । महिला तर्फ किरात याक्थुङ चुम्लुङ थरक विजयी बन्यो ।

मुख्य खेल समुहमा १८ टिम मध्ये उत्कृष्ट खेलाडी सुसन मगर र टप स्कोरर इभान गुरुङ बन्न सफल बने । गुरुङले ८ गोल गरेका थिए । किरात याक्थुङ चुम्लुङ युकेले प्रथम किरात राजा यलम्बरको सम्झनामा विगत १२ बर्षदेखि बार्षिक रुपमा आयोजना गर्दै आएको छ । अर्को बर्षको यलम्बरहाँङ कप १८ अप्रिल २०२० हुने बताउनु हुदै सहभागी सम्पूर्ण खेलाडी तथा उपस्थित सबैलाई चुम्लुङ युकेका अध्यक्ष तिल विक्रम सम्बाहाम्फेले धन्यवाद ज्ञापन गर्नुभयो ।

बाह्रौँ यलम्बरहाङ कप फूटबल प्रतियोगिताको सरलीकृत तस्वीर यस्तो रह्यो:

भेटरन र सुपर भेटरन टिम: ११

मेन (युवा) टिम: १८

महिला टिम: २

जम्मा: ४१ टिम सहभागी (सहयोग स्वरूप)

मूख्य टिम (युवा):

बिजेता: के. वाई. सी. बेजिङ्स्टोक टीम

पुरस्कार: १३०० पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: किराँत याक्थुङ चुम्लुङ (कियाचु) यूके

बेस्ट प्लेयर: सुसन मगर (के. वाइ. सी. बेजिङस्टोक टीम)

ट्रफी प्रायोजन: बम लिम्बु

टप स्कोरर: इभान गुरुङ (एफसी केन्ट: ८ गोल)

ट्रफी प्रायोजन: वीर नर सिंह लिम्बु

उपबिजेता: मर्करी एफसी

पुरस्कार: ६०० नगद र शील्ड

ट्रफी प्रायोजन: खगेन्द्र लावती (पूर्व महासचिब कियाचु यूके)

भेटरन तर्फ:

बिजेता: पोखरा युनाइटेड्

पुरस्कार: ६ सय पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: मिस्टर तारा कन्दङवा

बेस्ट प्लेयर: सुरेश गुरुङ (बीबीसी एफसी)

ट्रफी प्रायोजन: बद्री योङया

टप स्कोरर: नरेश गुरुङ

ट्रफी प्रायोजन: नर थाम्सुहाङ ए

उपबिजेता: बीबीसी एफसी

पुरस्कार: ३५० नगद र शील्ड

ट्रफी प्रायोजन: याक्थुङ माङगेन्ना चुम्लुङ बेलायत

उपाध्यक्ष १ नगेन्द्र नेम्बाङ

सुपर भेटरनतर्फ:

बिजेता: एफसी केण्ट सुपर जायण्ट

पुरस्कार: ६०० पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: शेर इङनाम केवाइसी यूके (थरक शाखा) सचिब

बेस्ट प्लेयर: अशोक थापा

ट्रफी प्रायोजन: मेजर दिवान लिम्बु

टप स्कोरर: छबिन्द्र लिम्बु (६ गोल FC Kent )

ट्रफी प्रायोजन: दिल इवाँरम

उपबिजेता: ह्याम्पशायर एफसी

पुरस्कार: ३५० पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: सूर्य खापुङ

महिलातर्फ:

बिजेता: चुम्लुङ महिला कमिटी (थरक शाखा)

पुरस्कार/ट्रफी प्रायोजन: उपाध्यक्ष १ नगेन्द्र नेम्बाङ

बेस्ट प्लेयर : नबिना, चुम्लुङ महिला कमिटी (थरक शाखा)

ट्रफी प्रायोजन: धन प्रसाद काम्बाङ

टप स्कोरर: इक्शा, चुम्लुङ महिला कमिटी (थरक शाखा)

ट्रफी प्रायोजन: दिपेन्द्र यक्सो

उपबिजेता: थामेन्दिङमा चुम्लुङ

ट्रफी प्रायोजन: गणेश इजम

खेल शुरु: बिहान १० बजे

कार्यक्रम समापन: साँझ ७ बजे

प्रमुख अतिथि:(संस्थापक अध्यक्ष, किराँत याक्थुङ चुम्लुङ यूके)

अतिथिहरुः

Chandra Sundas, अध्यक्ष पाँचथर समाज सेवा यूके

सूर्यमान गुरुङ, अध्यक्ष धरान समाज यूके

राजकुमार राई, उपाध्यक्ष किराँत राई यायोक्खा यूके

उदय बहादुर गुरुङ, अध्यक्ष कोल्चेस्टर नेपाली समाज यूके

सल्लाहकार नरकुमारी लिम्बु

कियाचू यूके पूर्वअध्यक्षहरुः सिरी लिम्बु, बम लिम्बु, डम्मर सिंगक, दिलसिंङ मेन्याङबो ।

प्रतियोगिता संयोजक: नरवीर आङबो

सहसंयोजक: दिपेन्द्र यक्सो

कार्यक्रम सञ्चालक: गणेश इजम + बिस्वासदीप तिगेला

प्रतियोगिताको ओभरअल इन्चार्ज कार्यक्रम अध्यक्षता र समापन: तिलबिक्रम सम्बाहाम्फे (अध्यक्ष कियाचू यूके)

धन्यवाद मन्तब्यः प्रतियोगिता संयोजक नरवीर आङबो, प्रमुख अतिथि खड्क जंग आङबुहाङ

आयोजक: किराँत याक्थुङ चुम्लुङ यूके

– khushi Limbu

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.