कियाचु युकेको आयोजनामा वार्षिक च्यारिटी डिनर नाइट सम्बन्धी सूचना ।

कियाचु युकेको आयोजनामा वार्षिक च्यारिटी डिनर नाइट कार्यक्रम मिति ०७ फेब्रुअरी २०२६, शनिबार, अल्डरशटस्थित द प्यालेस हलमा भव्य रूपमा सम्पन्न हुन गइरहेको जानकारी गराइन्छ।
उक्त कार्यक्रम कियाचु युकेको सदस्य कल्याणकारी कोषको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। यस महत्वपूर्ण कार्यक्रमको संयोजक केन्द्रीय उपाध्यक्ष श्री सन्त हुक्पा चोङबाङ रहनु भएको छ।

यसर्थ, संस्थासँग आबद्ध सम्पूर्ण सदस्यज्यूहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग तथा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिन्छ।
कियाचु युके
आयोजक केन्द्रीय कार्यसमिति



