किरात याक्थुङ चुम्लुङ नेपालको १२औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ सङ्घीय कार्यसमितिको नेतृत्व चयन

झापा | भद्रपुरमा सम्पन्न किरात याक्थुङ चुम्लुङ नेपालको १२औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन

किरात याक्थुङ चुम्लुङ नेपालको १२औँ राष्ट्रिय महाधिवेशन २०८२ साल चैत्र १२ देखि १५ गतेसम्म झापाको भद्रपुरमा सम्पन्न भएको छ। महाधिवेशनबाट संघीय/केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा गोविन्द आङ्बुङ निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा र चक्र येक्तेन अभिषेक चयन भएका छन्।

महासचिवमा अमर तुम्याहाङ निर्वाचित हुँदा उपमहासचिवमा भवानी विक्रम सम्बाहाम्फे चयन भएका छन्। सचिव पदमा दिपा लक्सम, लक्ष्मण लावती, जीवन प्रकाश शेर्मा र संगिता सुब्बा रहेका छन् भने कोषाध्यक्षमा कुमार जबेगु निर्वाचित भएका छन्।

त्यसैगरी महाधिवेशनबाट विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व गर्दै २७ सदस्यीय समिति पनि चयन गरिएको छ। सदस्यहरूमा गंगा राई लिम्बु, सरस्वती तुम्बा, राम कु योंगहाग, फूलमाया नेम्बाङ, महेन्द्र कु आंग्देम्बे, रिता मादेन, वालकर्ण आंबुहांग, सेसेहाँग हुक्पा चोंगवाग, मनकुमार लिम्बु (अनिल), कमल दीप तिगेला, इन्द्र कुमारी लिम्बु, धन कुमारी लिम्बु, मोहन कुमार लिम्बु, प्रवेश मिभक, डिल्लीमाया थोक्लीहाँग, धन कु क्ंगबाग, विष्णुमाया सिंगक, टेक ब लावती, राम ब लिम्बु, सिता हुक्पा, डा. मधुराज केरुङ, टंकमाया तिगेला, नरेन्द्रराज केरुङ, जितेन पन्धाक, पूर्ण लिम्बु, भिम प्रसाद सुब्बा र राम ब तुम्बाहाम्फे रहेका छन्।

महाधिवेशनले आगामी कार्यकालका लागि संस्थाको संगठन विस्तार, भाषा-संस्कृति संरक्षण तथा समुदायको हकअधिकारका सवालमा सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.