१७औँ यलम्बरहाङ कपको उपाधि टि. डब्लु. वारियर (TW WARRIORS)ले हात पार्न सफल

१७औँ यलम्बरहाङ कपको उपाधि टि. डब्लु. वारियर (TW WARRIORS)को पोल्टामा ।

केन्ट, युके – किरात याक्थुङ चुम्लुङ युके को आयोजनामा १८ अप्रिल २०२६ का दिन केन्टस्थित चुम्लुङ्देन, मेडिस्टोनमा १७औँ यलम्बरहाङ कप ९–ए–साइड फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिता सुपर भेटरन, भेटरन र मेन कप गरी तीन समूहमा विभाजन गरिएको थियो। संयोजक राजन लाबुङ लिम्बुका अनुसार ३० भन्दा बढी टोलीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुमविद्, भाषाविद् तथा इतिहासकार येहाङ लावति रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा दिल प्रसाद राई, आकाश सुनुवार, ललित याख्खा, निकेश लिम्बु, इन्द्र लिम्बु, जुमकाजी गुरुङ तथा योगेश राई लगायतलाई निमन्त्रणा गरिएको थियो।

बिहान १० बजेदेखि सुरु भएको प्रतियोगिता लिग चरण, क्वाटरफाइनल र सेमिफाइनल हुँदै साँझ ६ बजे तीनै समूहका फाइनल खेलसँगै सम्पन्न भएको थियो।

प्रतियोगिताका नतिजा

सुपर भेटरन

  • विजेता: डि.एफ.सी युके
  • उपविजेता: इन्टेक २०००

भेटरन

  • विजेता: टिटबुल एफ.सी.
  • उपविजेता: खाम्लालुङ एफ.सी.

मेन कप

  • विजेता: एफ.सी. वारियर
  • उपविजेता: वाटरमेलोन एफ.सी.

व्यक्तिगत पुरस्कार

उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर)

  • सुपर भेटरन: सन्तोष सुब्ब
  • भेटरन: खिम (जर्सी नं. २)
  • मेन कप: आसिक तुम्बापो

शीर्ष गोलकर्ता (टप स्कोरर)

  • सुपर भेटरन: सुरज गुरुङ
  • भेटरन: अतिश लिम्बु
  • मेन कप: विजय पुन

पुरस्कार वितरण कार्यक्रममा संयोजक राजन लाबुङ लिम्बुले सहभागी सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै प्रतियोगिता पछिल्ला तीन वर्षदेखि संस्थाकै मैदानमा निरन्तर रूपमा आयोजना हुँदै आएको जानकारी दिनुभयो। उहाँले आगामी वर्षहरूमा अझ उच्च स्तरको प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रमुख अतिथि येहाङ लावतिले विदेशमा रहेर पनि आफ्नो पहिचानलाई खेलमार्फत जीवित राख्ने प्रयास सराहनीय रहेको बताउनुभयो। उहाँले यलम्बरहाङ नेपालको प्रथम राष्ट्रनिर्मातामध्ये एक भएको उल्लेख गर्दै किरात इतिहासको संरक्षण सबैको दायित्व भएको धारणा राख्नुभयो।

कार्यक्रमको समापनमा संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुले सम्पूर्ण अतिथि, आयोजक, स्वयंसेवक, खेलाडी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै खेलले समुदायलाई एकतामा बाँध्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

नर थाम्सुहाङ

मिडिया संयोजक: किरात याक्थुङ चुम्लुङ युके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.