चुम्लुङदेन योगदानकर्ताहरूको विशेष बैठक–२०२६ सम्बन्धी सूचना ।

किरात याक्थुङ चुम्लुङ यूके (KYC UK) केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी २४ अक्टोबर २०२६, शनिबार चुम्लुङदेन योगदानकर्ताहरूको विशेष बैठक (Chumlungden Contributors Meeting–2026) आयोजना हुने भएको छ।

बैठकमा चुम्लुङदेनको वर्तमान अवस्था, योगदानकर्ताहरूको सहभागिता, भावी योजना, व्यवस्थापन तथा साझा हितका महत्वपूर्ण विषयहरूमा छलफल गरिनेछ।

मिति: २४ अक्टोबर २०२६, शनिबार
समय: बिहान १०:०० बजेदेखि

स्थान: KYC UK, Chumlungden Him, Yalding, Maidstone, Kent, ME18 6ET

“एकता, सहभागिता र साझा दृष्टिकोण” भन्ने मूल भावनासहित आयोजना हुने यस महत्वपूर्ण बैठकमा सम्पूर्ण चुम्लुङदेन योगदानकर्ता तथा सम्बन्धित सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित भई रचनात्मक सुझाव तथा सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

आयोजक: किरात याक्थुङ चुम्लुङ यूके, केन्द्रीय कार्यसमिति

कमला लिम्बू
केन्द्रीय अध्यक्ष, KYC UK

खगेन्द्र लाओती
केन्द्रीय कोषाध्यक्ष तथा बैठक संयोजक

नोगेन!

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.