किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक साधारण सभा–२०२६ भव्य रूपमा सम्पन्न ।

याल्डिङ, केन्ट, बेलायत। किरात याक्थुङ चुम्लुङ यूके (Kirat Yakthung Chumlung UK) को वार्षिक साधारण सभा–२०२६ गत शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन केन्टस्थित कियाचु यूकेको आफ्नै सामुदायिक स्थल चुम्लुङ हिममा सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष श्रीमती कमला लिम्बूको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सांगठनिक प्रगति, शाखागत कार्यसम्पादन तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।

सभामा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन केन्द्रीय कोषाध्यक्ष श्री खगेन्द्र लाओती तथा सहकोषाध्यक्षद्वय श्री देउप्रकाश पन्धाक र श्रीमती सबिता लिम्बूले प्रस्तुत गर्नुभएको थियो। आर्थिक प्रतिवेदनमार्फत संस्थाको आयव्यय तथा आर्थिक व्यवस्थापनसम्बन्धी विवरण प्रस्तुत गरिएको थियो।

त्यसैगरी केन्द्रीय महासचिव श्री महेश वनेमले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि, सांगठनिक उपलब्धि तथा आगामी कार्यदिशाका विषयमा जानकारी गराउनुभएको थियो।

वार्षिक साधारण सभामा कियाचु यूकेअन्तर्गतका १६ वटै शाखाका अध्यक्ष तथा प्रतिनिधिहरूबाट आ–आफ्ना शाखाको वार्षिक गतिविधि, सांगठनिक अवस्था, उपलब्धि, चुनौती तथा भावी योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो।

यसैगरी संस्थाको थामेन्दिङ्-मा (महिला विभाग) तथा वेन्सा चुम्भो (युवा विभाग) का तर्फबाट समेत आ–आफ्ना विभागीय गतिविधि, सहभागिता, उपलब्धि तथा आगामी कार्यक्रमसम्बन्धी प्रस्तुति गरिएको थियो।

साधारण सभाले संस्थाको केन्द्रीय कार्यसमिति, शाखाहरू तथा महिला र युवा विभागबीच आपसी समन्वय, सहकार्य र सहभागितालाई अझ प्रभावकारी बनाउँदै याक्थुङ/लिम्बू समुदायको मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा र पहिचानको संरक्षण, संवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको थियो।

बेलायतमा रहेका याक्थुङ/लिम्बू समुदायको एकता, सामाजिक सद्भाव र संस्थागत विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित वार्षिक साधारण सभा–२०२६ समुदायको सांगठनिक निरन्तरता र साझा भविष्य निर्माणका दृष्टिले महत्वपूर्ण अवसर बनेको छ।

आयोजक:
किरात याक्थुङ चुम्लुङ यूके
केन्द्रीय कार्यसमिति

सेवारो! नोगेन! 🙏

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.