गत २८ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समितिको बैठकले आगामी २१ मार्चका दिन लिम्बु भाषाको प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
थामेन्दिङमा चुम्लुङ (लिम्बु महिला कमिटी) ले गर्दै आएको लिम्बु भाषाको हाजिरी जवाफ प्रतियोगिता संयोजनको निम्ति उपाध्यक्षद्धय विमला सेन, दुर्गा पाङमा र सहसचिव सानु सुब्बालाई जिम्मेवारी तोकेको छ । त्यस्तै लाहाङ चेम्जोङको संयोजनमा याक्थुङ युथ फोरम तदर्थ समिति गठन गरेको छ । सदस्यहरु अमित थेवे, भुवन बोखिम, सिकुम चोङवाङ, मुक्कुम कुरुम्बाङ, आश्विन सवेन्हाँङ, पूर्ण याक्सो, सुम्निमा फालेक्छ्वा, कोमल सेने र तारिफ नेम्बाङलाई चयन गरेको छ । ३० बर्ष भन्दा तलकालाई युवा मानिने पनि निर्णय गर्यो ।
नेपालबाट युके पाल्नु भएकी मनु नेम्बाङको सांस्कृतिक कार्यक्रम आउदो ८ फेब्रुवरी २०२० का दिन फेल्थाममा आयोजना गर्नको निम्ति उपाध्यक्ष नरबीर आङ्बोलाई जिम्मेवारी तोक्यो ।
बैठकले किरात याक्थुङ चुम्लुङ नेपाल संग सम्बन्धन कायम गर्ने पनि निर्णय गरयो । चुम्लुङले गत बर्ष खरिद गरेको चुम्लुङ जग्गाको निम्ति ८ सय ९८ दाताहरु र ६ सहयोगी संस्थाहरुबाट ४ लाख ५२ हजार पाउण्ड उठेको पनि सहकोषाध्यक्ष दिपेन्द्र यक्सोले जानकारी गराउनु भयो ।
आउदो १५ फेब्रुवरी २०२० का दिन विधानसभाको आयोजना बारेमा पनि बृहत चर्चा भयो । बैठकको अध्यक्षता चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले गर्नुभएको थियो ।
Leave a Reply