किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी लाखौ आर्थिक सहयोग गरेको छ ।

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी लाखौ आर्थिक सहयोग गरेको छ

ईलाम, पाँचथर । किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो । कार्यक्रममा कियाचु युकेका अध्यक्ष नरवीर आङबोले कियाचु केन्द्रिय अध्यक्ष प्रेम एत्तेनलाई चेक हस्तान्तरण गनुभएको थियो । तान्छोपा मासिक पत्रिकाको लागी युकेले नगद उन्नाईस लाख चौहत्तर हजार सात सय उनान्नब्बे रुपैया सहयोग उपलब्ध गराएको छ । तान्छोपा किरात याक्थुङ चुम्लुङबाट नियमित प्रकाशित हुने एक मात्र लिम्बु भाषाको मासिक पत्रिका हो । यो पत्रिकालाई बचाईराख्नका लागी अक्षयकोषको अभियान चलाईराखिएको छ । तान्छोपा अहिले २७ वर्षको यात्रामा छ । लिम्बु भाषा, संस्कृतिलाई बचाईराख्ने हो भने तान्छोपालाई मर्न दिन नहुने अध्यक्ष आङबोको टिप्पणी थियो । १०४.२ Mhz | Sumhatlungfm.com.np