किरात याक्थुङ चुम्लुङ यूकेको विधान २००३ लाई छैठौं पटक संसोधन प्रकाशित गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेको विधान २००३ लाई छैठौं पटक संसोधन प्रकाशित गरिएको छ ।

 

 

Date: 05 March 2022, Feltham, London नेपालको आदिकाल देखि बसोवास गर्दै आएका आदिवासी, प्राचिन किरात याक्थुंङ वंशज, नेपालको लिम्बुवान तथा नेपालका अन्य भुभाग र विश्वका बिभिन्न मुलुकहरुबाट बसाइँ सरि हाल संयुक्त अधिराज्य बेलायतका बिभिन्न क्षेत्रहरुमा बसोवास गरि रहेका याक्थुङ्वाहरुले आफ्नो मुन्धुम, भाषा, लिपि, बहू-धर्म, संस्कार, संस्कृतिको संरक्षरण र सम्वर्धन तथा लिम्बूहरुको समग्र बिकास एवं संयुक्त अधिराज्य बेलायतमा बसोवास गर्ने बिभिन्न समुदायसंग आपसी सहयोग र सामुदायिक सदभावना ​​अभिवृद्धिकालागि संगठित भइ बिविध कार्यहरु आयोजना गर्न एक गैर सरकारी, गैर-ब्यवसायिक, परोपकारी, अविछिन्न उत्तराधिकारवाला संस्थाको स्थापना तथा संचालनका लागि सन् २००३ सालको अगष्ट २ तारिखका दिन संयुक्त अधिराज्य बेलायतको सल्सवरी बेलायतमा बसोवास गरिरहेका लिम्वुहरुका सम्पन्न भेलाले स्थापना गरेको किरात याक्थुङ चुम्लुङ यूकेको विधान २००३ लाई छैठौं पटक संसोधन गरि लागु गरिएको हो ।