किरात याक्थुङ चुम्लुङ यूकेको १५औं यलम्बरहाङ कप २०२४ सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेको १५औं यलम्बरहाङ कप २०२४ सम्पन्न भएको छ ।

Date: 20 April 2024 | 15th Yalambarhang Cup – 2024

किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत हुँन्दै आएको यलम्बरहाङ कप यस् बर्षको १५औं यलम्बरहाङ कप २०२४, मिती २० अप्रिल २०२४ का दिन भब्यताका साथ सम्पन्न भएको छ ।

१५औं यलम्बरहाङ कप आयोजना गर्ने क्रममा बिगतमा बेलायतको सुब्यबस्थित खेल मैदानमा सम्पन्न हुने गरेको थियो भने यस बर्ष कियाचु यूकेको स्वामित्व तथा निजी जग्गामा चुम्लुङदेन (Farmland) लाई सामान्य खेल मैदानको रुप दिन धेर कठिनाई, मेहेनत, समयको प्रयोग, जोखिम र जिम्मेवारिका साथ साथै आर्थिक भार परेको अवस्था हो । यसको निमित्त आगामी दिनमा कियाचु यूकेले दिर्गकालिन र सकारात्मक मुल्याँकन गर्नु पर्ने थप जिम्मेवारि थपिएको पनि छ ।

यस फ़ुटबल खेलको लागी बिभिन्न संध संस्था र क्लबहरूको प्रतिनिधि गर्दै कियाचु यूकेको यलम्बरहाङ कपलाई माया र सम्मान पुर्वक आफ्नो खेलको अनुसासन क़ायम गरी खेलमा भाग लिनु हूने सम्पूर्ण प्रतिस्पर्धी टीमलाई ह्रिदय देखी नै धन्यबाद र आफ्नो कड़ा महनेतका साथ उपबिजेता र बिजयी हासिल गर्न सफल सम्पूर्ण टीमलाई बिशेष किरात याक्थुङ चुम्लुङ यूके र आयोजक कमिटीको तर्फबाट एक मुष्ट सबै सबैमा लुङ्मेमेन्दीङ हार्दिक धन्यबाद तथा आभार ब्यक़्त गर्दछ ।

१५औं यलम्बरहाङ कप २०२४ मा कियाचु यूकेको  १६ ओटा शाखाबाट खेलको टिम तथा आर्थिक तवारले पनि भरपुर सह सहयोगको लागि शाखाका अध्यक्ष ज्युहरुले अग्रभूमिका निभाउनु भएको थियो र खानापिनको लागि महिला बिभागको साथ केन्द्रीय उपाध्यक्ष श्री मति अमृता पालुँवा, श्री मति शान्ति माया नाल्बो (बेजिङस्टोक शाखा – उपाध्यक्ष), सहसचिव सानु सुब्बा ज्युहरुले सेवा प्रदान गर्नु भएको थियो र खेलको नतिजा र अनुगमनमा केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लावती, कोषाध्यक्ष श्री दिपेन्द्र याक्सो, बिभाग्य प्रमुख कमला लिम्बु, आजीवन सदस्य श्री सन्देश लिम्बु र श्री दिपक तुम्बापो रहनु भएको हो भने अन्य महत्वपूर्ण तयारीको लागि सहकोषाध्यक्षदोय श्री जिवन प्यारा मादेन र श्री नर सबेम्हीम र केन्द्रीय उपाध्यक्ष श्री शन्त हु चोङ्बाङको साथ अन्य सक्रिया सदस्य ज्युहरुको अग्रभुमिका रहेको थियो।

यो खेल समारोहको प्रमुख अथिति किरात याक्थुङ चुम्लुङ यूकेको संस्थापक अध्यक्ष श्री खड्ग जंग आङबुहाङ ज्यु, बिशेष अथितिमा NRNA UK President Prem Gaha Magar हुनु हुन्थ्यो र अन्य अथितीमा जनजाति महासंघ बेलायत यूकेका अध्यक्ष श्री कमान सिङ शेर्पा, किरात राई यायोक्खा यूकेका अध्यक्ष श्री चन्द्र बहादुर राई र किरात सुनुवार सेवा समाज यूकेका अध्यक्ष श्री मनोज कुमार सुनुवार र किरात याख्खा छुम्मा यूकेका अध्यक्ष श्री याम कुमार लिम्बुखिम ज्युहरुको भने अप्रत्यक्षताको गरिमय उपस्थिति रहेको थियो भने थप अथितिमा कियाचु नेपाल, ललितपुर शाखाका उपाध्यक्ष श्रीमति आशा नेम्बाङ र कोल्चेस्टर नेपाली समाजका अध्यक्ष श्री उदय गुरुङ ज्युहरुको उपस्थिति पनि थियो । अर्को आकार्षको बिन्दुमा नेपालबाट सांगीतिक यात्रामा रहेका नेपाली कलाकार तथा Voice of Nepal Seaosn – 5 “Runnar Up” गायक श्री नोगेन लिम्बुलाई आमन्त्रीत गरि केन्द्रीय अध्यक्षको बाहुलीबाट सम्मान तथा कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेकोमा उहाँको ब्यस्तताले उपस्थित हुन सक्नु भएन ।

खेलको नतिजामा Main Team: Runner up | TW Warrior & Winner | QG SIGNALS, Veteran Team: Runner up | INTAKE 04 & Winner | QGS MASTERS र Super veteran Team: Runner up | DFC & Winner | ILAM FC समुहहरुले हात पार्न सफल हुनु भयो र १५औं यलम्बरहाङ कप –२०२४ को उपाधिको बिजेता QG Signals (Queen’s Gurkha Signals) रहेको छ ।

यस बर्षको १५औं यलम्बरहाङ कपका संयोजक केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लावती र कार्यक्रम तथा समारोहको अध्यक्षता कियाचु यूकेका केन्द्रीय अध्यक्ष श्रीनरबिर आङबो गर्नु भएको थियो । यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण केन्द्रीय पदाधिकारी सल्लाहकार ज्युहरु, संरक्षक सदस्यहरु, आजीवन सदस्यहरु, शाखा अध्यक्ष तथा कार्यसमितीहरु, केन्द्रीय सदस्यहरु, महिला बिभागका कार्यसमितीहरु, याक्थुङ कुसा चुम्भो लगायतका भूमिका र केलाङमा कियाचु यूके, फोल्कस्टन र वेस्ट केन्ट शाखाका दाजुभाई तथा दिदीबहिनीहरुको प्रस्तुती रहेको थियो। सम्पूर्ण कार्यक्रम तथा उद्घाटन समारोह केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमले सन्चालन गरेको थियो ।

यरिक यरिक नोगेन | धन्यबाद । जय कियाचु यूके

जय १५औ यलम्बरहाङ कप -२०२४