किरात याक्थुङ चुम्लुङ यूकेको वार्शिक कार्यक्रम अन्तर्गको फण्ड राइजिङ(च्यारिटी कार्यक्रम)को ब्यब्स्थापन बैठक तथा उपाध्यक्षदोय बिचको १८/१८ महिने कार्यकाल हस्तान्तरणको साथ नेपालबाट सत्य घटनामा आधारित वृत्तचित्र “The Sad Song of the Love” निर्माता श्री जिवन प्रकाश शेर्माको सम्मान सहित मिती १८ मार्च २०२३ को दिन फेल्थामको कम्युनिटी सेन्टरमा बैठक सम्पन्न भएको छ।

यस् बैठकको पहिलो चरणमा कियाचु यूकेको १०औ महाअधिवेशनले दिएको जनादेश अनुसार केन्द्रीय कार्यसमितीको चुनावी प्रतिपर्धीमा एक उपाध्यक्ष पदको लागि दुई उपाध्यक्षको तीन बर्षे कार्यकाललाई आधा-आधा गर्ने सहमती अनुसार उपाध्यक्ष श्री गणेश ईजाम ज्युको १८ महिने कार्यकाल पुरा भए पश्चात अर्को उपाध्यक्ष श्री यदुचन्द्र लाओती ज्युको कार्यकाल आरम्भ भएको छ। ईजाम ज्युलाई कार्यकाल सफलता प्रती हार्दिक वधाई र लाओती ज्युलाई कार्यकाल सफलताको लागि हार्दिक शुभ कामना ब्यक्त गरिन्छ।
बैठकको दोस्रो चरणमा नेपालबाट पाल्नु भएका वृत्तचित्रका निर्माता ज्युलाई कियाचु यूकेको तर्फबाट उहाँको वृत्तचित्र तथा चलचित्र निर्माण क्षेत्रमा थप उन्नती प्रगतीको शुभ कामनाको निमित चुम्लुङ यूकेको केन्द्रीय अध्यक्ष श्री नरबिर अङ्बो ज्युको बहुलियबाट सम्मान प्रमाण पत्र र लिम्बु(याक्थुङ)मुन्धुमी खदाले सम्मान गरिएको र शेर्मा ज्युले आफ्नो अनुभवहरु पनि प्रस्तुत गर्नु भएको थियो।
बैठकको अन्तिममा कियाचु यूकेको वार्शिक कार्यक्रम अन्तर्गको फण्ड राइजिङ (च्यारिटी कार्यक्रम)को ब्यब्स्थापनको संयोजक उपाध्यक्ष श्री अमृता पालुंवा सबेन्हिमले प्रस्तुती र १४औ यलम्बरहाङ कप २०२३ को अन्तिम तयारीको जानकारी उपाध्यक्ष श्री खगेन्द्र लओती ज्युले बताउनु भएको थियो। चुम्लुङ यूकेको आर्थिक गतीबिधी र बिवरण कोषध्यक्ष श्री दीपेन्द्र याक्सो र सहकोषाध्यक्ष श्री नर बहादुर सबेन्हिमले पूर्ण जानकारी दिनु भएको थियो। यस् बैठकमा सल्लाहकारहरु, शाखाका अध्यक्ष र केन्द्रीय सदस्यहरु, थमेन्दिङमा र अन्य सदस्यहरुको उपस्थितीमा केन्द्रीय अध्यक्ष श्री नरबिर अङ्बोको अध्यक्षतामा र महासचिव श्री जुरेन्द्र खजुमले बैठक सन्चालन गरिएको थियो।
जय किरात याक्थुङ चुम्लुङ यूके। यरीक यरिक यरिक नोगेन।