चुम्लुङ आसफोर्ड शाखाको अधिवेशन सम्पन्न

आसफोर्ड । गत २९ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूके आसफोर्ड शाखाको अधिवेशनले अध्यक्षमा सुदीप थोप्रालाई चयन गरेको छ ।

आसफोर्डको मस्ग्रोभ रोडमा भएको अधिवशेनको प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन गरेका थिए । अधिवशेनले थोप्रोको अध्यक्षतामा पाँचौ कार्यकालका लागि २७ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षहरूमा काजी साम्यू, शकुन्तला नेम्वाङ, दिवस थोपा, सुन्दर लिङ्थेप, सचिवमा अमित थेवे, सहसचिवहरूमा डम्बर खापुङ, शिखर सम्बाहाम्फ, कोषाध्यक्षमा तुलविक्रम वनेम, सहकोषाध्यक्षमा शान्ता फावेन छन् ।

त्यसैगरी, साँस्कृतिक विभाग सचिवमा शिखर सम्बाहाम्फे र सहसचिवहरूमा गोकुल लिवाङ, निसुमा मुसाहाङ, सिक्कुम हुक्पा चोङवाङ, भाषा तथा साहित्य विभाग सचिवमा शिशिर सम्बाहाम्फे र सहसचिवमा योगेन्द्र तावा रहेका छन् । यस्तै, सदस्यहरूमा राई बहादुर मादेन, बुद्धि जवेगू, अनिता मादेन, राम तुम्बाहाम्फे, पदमा योङहाङ, सरला नेयोङहाङ, पृथीहाङ येङ्देन, सुजेन्द्र माबोहाङ, दिवाना पालुङ्वा, यमुना नेम्वाङ र सृजना माबो रहेका छन् ।

निवर्तमान अध्यक्ष टङ्क येङ्देनको अध्यक्षता तथा सचिव दिवस थोप्राको सञ्चलानमा भएको अधिवेशनले येङ्देनलाई आगामी सेप्टेम्बरमा हुन लागिरहेको चुम्लुङको १० औँ महाधिवशेनका लागि केन्द्रीय सदस्यमा पठाउने समेत सर्वसम्मतले निर्णय गरेको छ । अधिवेशनमा सचिव थोप्राले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निर्वाचन मण्डल अध्यक्ष एवम् संस्थापक शाखा अध्यक्ष राजेन्द्र खिम्दिङले निर्वाचित समितिका पदाधिकारी सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । निर्वाचनको प्रक्रियामा पूर्व केन्द्रीय अध्यक्ष डम्मर सिंगक र शाखा सल्लाहकार दिल सम्बाहाम्फेले साथ दिएका थिए । नवनिर्वाचित अध्यक्ष थोप्राले पहिलो बैठक सेप्टेम्बर दोस्रो साता बस्ने तयारी भइरहेको जानकारी दिए ।

अधिवेशनकै अवसरमा १० वर्ष पूरा गरेको अवसरमा पूर्व अध्यक्षहरूले केक काटेर उत्सव समेत मनाएका थिए । अधिवेशनमा केन्द्रीय समितिका उपाध्यक्ष दुर्गा पाङ्मा, महासचिव गणेश इजम, केन्द्रीय सदस्य पूर्ण मादेन, पूर्व केन्द्रीय अध्यक्ष सिरी साम्यू, कोषाध्यक्ष देव हुक्पा चोङवाङ, शाखा सल्लाहकार नरेन्द्र माबोहाङ लगायत उपस्थित थिए ।

कियाचु आसफोर्ड यूकेकै सबैभन्दा ठूलो शाखा मानिन्छ । आसफोर्ड शाखाको स्थापना सन् २०१० अगष्ट २९ मा भएको थियो । यूकेमा हाल १६ शाखाहरू रहेका छन् । केन्द्रीय महाधिवेशन यहीँ सेप्टेम्बर १७ र १८ मा अल्डरसटमा हुँदैछ ।