चुम्लुङ ग्रेटर लन्डन सिनियरमा चन्द्रबहादुर लिङ्देन

लन्डन । किरात याक्थुङ चुम्लुङको ग्रेटर लन्डन सिनीयर शाखाको अध्यक्षमा चन्द्रबहादुर लिङ्देन चयन भएका छन् । शाखाको पाँचौ अधिवेशनले लिङ्देन अध्यक्षमा चुनिएका हुन् ।

२१ अगष्ट २०२१ का दिन लन्डनको फेल्थाम कम्युनिटी कलेजको हलमा भएको अधिवशेनले लिङ्देनको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको केन्द्रीय सदस्य पूर्ण बोखिमले बताए ।

समितिको उपाध्यक्षहरूमा कुलकेसर सेने, मनिला लाबुङ, विजय पाहिम, सचिवमा पदमबहादुर चोङबाङ, सहसचिव दीपेन्द्र लोक्सम, कोषाध्यक्ष मनिप्रसाद लिम्बु, सहकोषाध्यक्ष चन्द्रकुमार सन्योक छन् । त्यस्तै, सॉस्कृतिक प्रमुख कला चेम्जोङ, खानपिन व्यवस्थापकमा दीपेन्द्र लिवाङ, सरसामान व्यवस्थापकमा सनिम बोखिम छन् । सदस्यहरूमा प्रभा खापुङ, सीता आङदेम्बे, सबित साम्बाहाङ्फे र उत्तर कुमार थक्लुङ चयन भएका छन् । यूके चुम्लुङमा १६ शाखाहरू रहेका छन् ।