युकेको यलम्बरहाँङ फूटबल १८ अप्रिलमा हुने, नगद पुरस्कार २ लाख

लण्डन, गत ८ फेब्रुवरी २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समितिले १३औं यलम्बरहाँङ फूटबल प्रतियोगिताको ब्यवस्थापन बारे बैठक सम्पन्न गरयो ।

यलम्बरहाँङ प्रतियोगिताको संयोजक उपाध्यक्ष नगेन्द्र नेम्बाङले कार्यक्रम तालिका प्रस्तुत गर्नुहुदै जिम्मेवारीहरु बाँङफाँड गर्नुभयो ।

यलम्बरहाँङ कप आउदो १८ अप्रिलको दिन लण्डनको फेल्थाम कलेज प्राङ्गणमा हुने र प्रथम हुने टिमलाई शिल्ड, ट्रफी र नगद १३ सय (नेरु २ लाख) प्रदान गरिने निर्णय भयो । प्रथम किरात राजा यलम्बरहाँङको सम्झनामा विगत १३ बर्ष देखि चुम्लुङ युकेले नियमित रुपमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । यलम्बरहाँङ कपलाई युकेका नेपालीहरु माझ हुने आयोजनाहरुमा ठूलो मध्येको एक मानिन्छ ।

बैठकको अध्यक्षता चुम्लुङ अध्यक्ष तिल विक्रम सम्बाहाम्फेले गर्नुभएको थियो भने संचालन महासचिव गणेश इजम र लेखन सचिव विश्वास दीप तिगेलाले गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.