युकेको ७ औं यलम्बरहाँङ ब्याण्डमिण्टनमा दिपचन राई उत्कृष्ट

गत ३० नोभेम्बर २०१९ का दिन लण्डन नजिक हाइवेकममा आयोजित यलम्बरहाँङ ब्याडमिण्टन प्रतियोगितामा अल्डरसट निवासी दिपचन राई उत्कृष्ट भएका छन् ।

किरात याक्थुङ चुम्लुङले प्रथम किरात राजा यलम्बरहाँङको सम्झनामा आयोजना गर्दै आएको यस ७ औं संस्करण प्रतियोगितामा राईले लगातार तेस्रो बर्षपनि उत्कृष्ट शिल्ड जित्न सफल भई अन्ततः शिल्ड पचाएका छन् । शिल्डलाई लोकेन्द्र तबेबुङले प्रायोजन गरेका थिए ।

प्रतियोगितामा महिला तर्फ सलिजा लिम्बु प्रथम बनेकी थिइन भने विभिन्न १२ श्रेणीका खेलहरु भएका थिए । झण्डै ३ दर्जन सहभागी रहेको खेलको आयोजनालाई चुम्लुङ युकेका विभिन्न शाखाहरुले प्रायोजन गरेका थिए ।

विजेता खेलाडीहरुलाई चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले शिल्ड, ट्रफि तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमको संयोजन धन काम्बाङले गरेका थिए ।

खेलमा बिजेताहरु यस प्रकार रहेका छन् ।
1) Veteran Doubles Runner Up
a. Gangaram Subba/Kul Rai
2) Veteran Doubles Winner
a. Chaturman Limbu/ Damber Limbu
3) Mixed Doubles Runner up
a. Deepchan Rai/ Jiban Limbu
4) Mixed Doubles Winner
a. Prakash Rai/ Saliza Limbu
5) Men’s Doubles (Intermediate) Runner up
a. Milan Gurung/Dipak Limbu
6) Men’s Doubles (Intermediate) Winner
a. Milan Chandra Rai/ Kul Rai
7) Men’s Doubles (Advance) Runner up
a. Deepchan Rai/ Bivek Rai
😎 Men’s Doubles (Advance) Winner
a. Rajendra Gurung/ Amar Limbu
9) Men’s Singles Runner up
a. Rajendra Gurung
10) Men’s Singles Winner
a. Deepachan Rai
11) Ladies Doubles Runner up
a. Meena Limbu/Sarita Gurung
12) Ladies Doubles Winner
a. Saliza Limbu/Jiban Limbu

Men’s man of the match Winner
a. Deepchan Rai
Ladies match of the day Winner
a. Saliza Limbu

Yalambar Hang Badminton Tournament overall Winner
a. Deepchan Rai

Be the first to comment

Leave a Reply

Your email address will not be published.