१५औं यलम्बरहाङ कप – २०२४ आयोजना हुने ।

१५औं यलम्बरहाङ कप – २०२४

Date: 17 February 2024
किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएकोमा १५औ यलम्बरहाङ फुटबल कप – २०२४, मिती २० अप्रिल २०२४ सनिबारको दिन KYC UK, Chumlungden, ME18 6ET मा सम्पन्न हुने भएको छ। यो YHC 2024 कपको लागि चरणको ब्यबस्थापन बैठक मिति १७ फ़ेब्रुवरी २०२४ को ZOOM Meeting मार्फत सम्पन्न भएको छ। यस बर्षको लागि संयोजक केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लावती रहनु भएको छ।
१५औं यलम्बरहाङ फुटबल कपलाई सब्य र भब्यताका साथ सम्पन्न गर्न बेलायत भरीका लिम्बु दाजुभाई दिदीबहिनी(याक्थुङबा/याक्थुङमा) लगायत गैर लिम्बु तथा सम्पूर्ण नेपाली संस्था, खेल प्रेमी र समाज प्रती सहभागीता जनाई उपस्थितीको लागि हार्दिक लुङमेन्दीङ नमनका साथ अनुरोध गरिन्छ।
यरिक यरिक नोगेन/धन्यबाद।