14th Yalambarhang Cup-2023.

 

किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएकोमा १४औ यलम्बरहाङ फुटबल कप – २०२३, मिती १५ अप्रिल २०२३ सनिबारको दिन फेल्थमको Springwest Academy, Browells Lane, Feltham, TW13 7EF मा सम्पन्न हुने भएको छ। यस् यलम्बरहाङ कपको पहिलो ब्यबस्थापन बैठक गत मिती २१ जनवरी २०२३ का दिन जुम मार्फत सम्पन्न गरिएको छ। यस् बर्ष खेलको संयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लाओती रहनु भएको छ र ब्यब्स्थापन बैठक कियाचु यूकेको पूर्ण केन्द्रीय कार्यसमितीको सहभागीता तथा केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो।
१४औं यलम्बरहाङ फुटबल कपलाई सब्य र भब्यताका साथ सम्पन्न गर्न बेलायत भरीका लिम्बु दाजुभाई दिदीबहिनी(याक्थुङबा याक्थुङमा) लगायत गैर लिम्बु तथा सम्पूर्ण नेपाली संस्था, खेल प्रेमी र समाज प्रती सहभागीता जनाई उपस्थितीको लागि हार्दिक लुङमेन्दीङ नमनका अनुरोध गरिन्छ