14th Yalambarhang Cup Football Tournament 2023

किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत हुँन्दै आएको यलम्बरहाङ कप यस् बर्षको १४औं यलम्बरहाङ कप २०२३, मिती १५ अप्रिल २०२३ का दिन Feltham Community College, Browell’s Lane, London मा सब्य र भब्यताका साथ सम्पन्न भएको छ ।
यस फ़ुटबल खेलको लागी बिभिन्न संध संस्था र क्लबहरूको प्रतिनिधि गर्दै कियाचु यूकेको यलम्बरहाङ कपलाई माया र सम्मान पुर्वक आफ्नो खेलको अनुसासन क़ायम गरी खेलमा भाग लिनु हूने सम्पूर्ण प्रतिस्पर्धी टीमलाई ह्रिदय देखी नै धन्यबाद र आफ्नो कड़ा महनेतका साथ उपबिजेता र बिजयी हासिल गर्न सफल सम्पूर्ण टीमलाई बिशेष किरात याक्थुङ चुम्लुङ यूके र आयोजक कमिटीको तर्फबाट एक मुष्ट सबै सबैमा लुङ्मेन्दीङ हार्दिक धन्यबाद तथा आभार ब्यक़्त गर्दछ ।
१४औं यलम्बरहाङ कप २०२३ मा कियाचु यूकेको १६ ओटा शाखाबाट खेलको टिम र आर्थिक तवारले पनि भरपुर सह-सहयोगको लागि शाखाका अध्यक्ष ज्युहरुले अग्रभूमिका निभाउनु भएको थियो र खानापिनको लागि महिला बिभागको साथ केन्द्रीय उपाध्यक्ष श्री मति अमृता पालुँवा, श्री मति शान्ति माया नाल्बो (बेजिङस्टोक शाखा – उपाध्यक्ष), सहसचिव सानु सुब्बा ज्युहरुले सेवा प्रदान गर्नु भएको थियो र खेलको नतिजा र अनुगमनमा केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लावती, कोषाध्यक्ष श्री दिपेन्द्र याक्सो, बिभाग्य प्रमुख कमला लिम्बु, सक्रिया सदस्य श्री भगिरथ जबेगु र श्री दिपक तुम्बापो रहनु भएको हो भने अन्य महत्वपूर्ण तयारीको लागि सहकोषाध्यक्षदोय श्री जिवन प्यारा मादेन र श्री नर सबेम्हीम, सचिव तारा बहादुर कन्दङ्वा र केन्द्रीय उपाध्यक्ष श्री शन्त हु चोङ्बाङको साथ पुर्व उपाध्यक्ष श्री नर थाम्सुहाङ ज्युको अग्रभुमिका रहेको थियो।
यो खेल समारोहको प्रमुख अथिति NRNA UK President Prem Gaha Magar हुनु हुन्थ्यो र अन्य अथितीमा जनजाति महासंघ यूकेका बरिष्ट उपाध्यक्ष श्रीमति लिला सेलिंग माबो, किरात राई यायोक्खा यूकेका अध्यक्ष श्री योगेश राई र किरात सुनुवार सेवा समाज यूकेका अध्यक्ष श्री मनोज कुमार सुनुवार ज्युहरुको गरिमय उपस्थिति रहेको थियो भने थप अथितिमा State Bank of India UK का Regional Head Mr Sudhir Sharma र उहाँको टोलि सहित उपस्थिति पनि थियो । अर्को आकार्षकको बिन्दुमा नेपालबाट सांगीतिक यात्रामा रहेका नेपाली कलाकारहरुमा सुमधुर आवाजकी धनि सुनिता थेगिम, लभ गीतका माहिर कमल खत्री र उत्कृष्ट अभिनयाकी खानी राजनी गुरुङ लगायतका सम्पूर्ण कलाकार टोलिलाई केन्द्रीय अध्यक्षको बाहुलीबाट सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।
खेलको नतिजामा Main Team: Runner up | BYNC & Winner | BBC, Veteran Team: Runner up | Dharan FC & Winner | Daddy’s FC र Super veteran Team: Runner up | Pokhara FC & Winner | Dharan FC समुहहरुले हात पार्न सफल हुनु भयो र १४औं यलम्बरहाङ कप –२०२३ को उपाधिको बिजेता Brigade Boys Club)BBC रहेको छ ।
यस बर्षको १४औं यलम्बरहाङ कपका संयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लावती र कार्यक्रम तथा समारोहको अध्यक्षता कियाचु यूकेका केन्द्रीय अध्यक्ष श्री नरबिर आङबोले गर्नु भएको थियो। यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण केन्द्रीय पदाधिकारीहरू,सल्लाहकार ज्युहरु, पूर्व अध्यक्षहरू, संरक्षक सद्सयहरु, आजीवन सदस्यहरु, शाखा अध्यक्ष तथा कार्यसमितीहरु, केन्द्रीय सदस्यहरु, महिला बिभागका कार्यसमितीहरुको भूमिका र केलाङमा कियाचु यूके, ग्रेटर लण्डन जेष्ट शाखाका भान्जाभान्जीहरुको प्रस्तुती रहेको थियो। सम्पूर्ण कार्यक्रम तथा उद्घाटन समारोह केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमले सन्चालन गरेको थियो ।
यरिक यरिक नोगेन | धन्यबाद । जय कियाचु यूके
जय १४औ यलम्बरहाङ कप -२०२३
Please visit our website for more details | www. https://chumlunguk.org.