
KYC UK Wenchha Chumbho द्वारा लिम्बु धर्मको प्रतीक “सिलामसाक्मा” निर्माण सम्बन्धी हस्तकला कार्यशाला सम्पन्न ।
किरात याक्थुङ चुम्लुङ (KYC) यूकेको वेन्छा चुम्भोले लिम्बु धर्म तथा संस्कृतिको महत्वपूर्ण प्रतीक “सिलामसाक्मा” निर्माण सम्बन्धी हस्तकला कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूले परम्परागत सीप, कला तथा सांस्कृतिक ज्ञानलाई व्यवहारिक रूपमा सिक्ने अवसर प्राप्त गरेका थिए।
विशेषगरी यूकेमा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका याक्थुङ लिम्बु युवापुस्तालाई आफ्नो मौलिक धर्म, संस्कार, संस्कृति र परम्परागत हस्तकलासँग जोड्ने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यशालामार्फत सिलामसाक्माको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे जानकारी प्रदान गर्नुका साथै यस सीपलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो।

सहभागीहरूले सिलामसाक्मा निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो सांस्कृतिक पहिचानप्रति गर्व व्यक्त गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र पहिचानसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
Our heritage and culture:
We PRESERVE, PROMOTE, PRACTISE and PASS ON to future generations.



