बेलायत | नोभेम्बर २०२६

किरात याक्थुङ चुम्लुङ यूकेका १६ वटै शाखाहरूको आयोजनामा याक्थुङ (लिम्बू) समुदायको महान् मौलिक सांस्कृतिक पर्व बलिहाङ तङ्नाम–२०२६ बेलायतका विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा सामुदायिक भेटघाटसहित भव्य रूपमा सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बू तथा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको आतिथ्य र सहभागितामा आयोजित कार्यक्रमहरूले याक्थुङ समुदायको मौलिक भाषा, लिपि, मुन्धुम, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

कार्यक्रमहरूमा विभिन्न पुस्ताका याक्थुङ समुदाय, नेपाली संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिताले आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ।

केन्द्रीय अध्यक्ष लिम्बूले बलिहाङ तङ्नामको अवसरमा सम्पूर्ण समुदायमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा आपसी एकताको शुभकामना व्यक्त गर्दै बेलायतमा हुर्किरहेका नयाँ पुस्तासम्म मौलिक संस्कृति र पहिचान हस्तान्तरण गर्न सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेले सम्पूर्ण १६ वटै शाखाका पदाधिकारी, आयोजक, कलाकार, स्वयंसेवक तथा सहभागीहरूलाई कार्यक्रम सफल बनाउन पुर्‍याउनुभएको योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सेवारो !

#BalihangTangnam2026 #KYC_UK #YakthungCulture #LimbuCommunity #NepaliCommunityUK

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.