सूचना- किरात याक्थुङ चुम्लुङ युके केन्द्रको सदस्यता रेकर्डको ताजा जानकारी

सूचना

किरात याक्थुङ चुम्लुङ युके केन्द्रको सदस्यता रेकर्ड अनुसार १६ अगष्ट २०२० दिन सम्ममा संरक्षक ३५, आजीबन सदस्य १०७, नविकरण गर्ने र नयाँ १४४ र श्रीमति समेत दर्ता गराउने ३ जना गरि जम्मा २८९ जना आगामी चुनावमा भोट गर्न र उम्मेदवार बन्न योग्य बन्नु भएको जानकारी गराउदछु ।

धेरै भन्दा धेरै आजीबन सदस्य बनिदिन प्रोत्साहित गर्दछु र सबै शाखाले सदस्यता नविकरण गरेर आफ्नो सदस्यहरुलाई मतदान गर्न र चाहेमा उम्मेद्वार बन्न योग्य बनाउन आग्रह गर्दछु । यसको अर्थ आगामी महाधिवेशनमा चुनाव नै हुनुपर्छ भन्ने होईन तर परिस्थिती चुनाव नै गराउन पर्ने भएको खण्डमा तम्तयारी १००% हुनुपर्छ भन्ने हो । को को मतदान र उम्मेदवारीको लागि योग्य भए भन्ने लिष्ट हेर्न चाहानु भएमा म सचिवलाई सम्पर्क गर्न सक्नुहुन्छ । डेटा प्रोटेक्सन एक्टको कारण चाहेर पनि यस ग्रुपमा राख्न असमर्थ छौ ।

कुन शाखा संग कति सदस्य केन्द्रको रेकर्डमा छ भन्ने तथ्याङ तयार भएको जानकारी गराउदछु । केन्द्रको रेकर्ड संग आआफ्नो शाखाको रेकर्ड मिलाउन पनि आग्रह छ । सबै शाखाहरुले यथासक्दो सबै सदस्यहरुको नविकरण यथासक्दो चाडो गर्नुभई हजारौको संख्यामा मतदान र उम्मेदवारीको निम्ति योग्य बनाउन अनुरोध गर्दछु । नविकरण गरिसक्नु पर्ने समय थोरै मात्र छ ।

कृपया रेकर्ड विवरण शाखा अध्यक्ष, महासचिव, कोषाध्यक्ष वा पदाधिकारीले मात्र माग्नुहुन अनुरोध छ ब्यक्तिगत रुपमा डेटा एक्टको कारण दिन असमर्थ हुनेछौ ।

विश्वास दीप तिगेला
सचिव तथा सदस्यता विभाग प्रमुख
www.chumlung.org