
किरात याक्थुङ चुम्लुङ यूकेद्वारा सिसेक्पा तङ्नाम – २०२६ आयोजना हुँदै ।
युनाइटेड किङ्डममा बसोबास गर्ने किरात याक्थुङ (लिम्बु) समुदायको साझा संस्था Kirat Yakthung Chumlung UK ले यस वर्षको सिसेक्पा तङ्नाम आगामी ११ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ।
संस्थाले एक सूचना जारी गर्दै याक्थुङ/लिम्बु तथा गैर याक्थुङ/लिम्बु समुदायका सबैलाई उक्त कार्यक्रममा हार्दिक आमन्त्रण गरेको जनाएको छ।
कार्यक्रममा लिम्बु समुदायको मौलिक संस्कार तथा संस्कृतिको झल्को दिने विविध सांस्कृतिक प्रस्तुतीहरू गरिनेछन्। साथै, परम्परागत खानाका परिकारहरूको विशेष व्यवस्था समेत रहने आयोजकले जनाएको छ।
“सुनदेखि नुनसम्म” भन्ने भावनासहित कार्यक्रमलाई अझ आकर्षक बनाउन विविध सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक प्रस्तुति तथा रमाइला गतिविधिहरू समावेश गरिनेछ।
आयोजकले यस सांस्कृतिक पर्वमा सहभागी भई आफ्नो समुदायको पहिचान, संस्कार र परम्पराको जगेर्ना गर्न तथा रमाइलो दिनको हिस्सा बन्न सबैलाई अनुरोध गरेको छ।



