आदिवासी जनजाति याक्थुङ/लिम्बुहरुको प्रतिनिधि मुलक सँस्था कियाचु यूकेले चासोक तङ्नाम – २०२३ (येले तङ्बे ५०८३) सब्य र भब्यताका सम्पन्न गरेको छ ।

आदिवासी जनजाति याक्थुङ/लिम्बुहरुको प्रतिनिधि मुलक सँस्था कियाचु यूकेले चासोक तङ्नाम – २०२३ (येले तङ्बे ५०८३) सब्य र भब्यताका सम्पन्न गरेको छ ।

 

आदिवासी जनजाति याक्थुङ/लिम्बुहरुको प्रतिनिधि मुलक सँस्था कियाचु यूकेले चासोक तङ्नाम – २०२३ (येले तङ्बे ५०८३) सब्य र भब्यताका सम्पन्न गरेको छ ।

KYC UK, Chumlungden/Him, Maidstone, Kent, England, UK

मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्राकृति पूजक समाज भित्र एक मुख्य जातीमा लिम्बु(याक्थुङ) पर्ने गर्दछ । त्यसो भएको हुँदा लिम्बु भाषाबाट स्थापित चासोक तङ्नाम (उधौली वा मंसिर पूर्णे वा न्वाँगी पूजा गरी भूमी र प्रकृतिलाई पूजा गर्ने काम गरिन्छ ।

यसै सन्दर्भमा यस् बर्षको येले तङ्बे ५०८३ किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत उधौली पूजा तथा चासोक तङनाम मिती: १६ डिसेम्बर २०२३ शनिबारका दिन कियाचु यूकेको चुम्लुङदेन/हिममा भएको हो । यस् तङ्नामको संयोजक केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लावती हुन्थ्यो र तङनामलाई सफल बनाउन कियाचु यूके, वेष्ट केन्ट शाखाको अध्यक्ष श्री बिर नर्सिङ हुक्पा चोङ्बाङ र शाखा समितीको सहकार्यमा सम्पन्न भएको थियो । बिशेष मौलिक खानाहरूको परिकारलाई प्रायोजन गर्नु हुने शाखाका उपाध्यक्ष श्रीमति मेनुका आन्छाँबो लिम्बू राई, सचिव श्रीमति सबिता लाबुङ र उहाँका सहकार्य शाखाका सक्रिया सदस्य दीदीबहिनीहरूबाट व्यवस्था गरी केन्द्रीय कार्यसमितिलाई अमुल्य सहयोग दिनु भएको थियो ।

चासोक तङनाम नेपालको एक राष्ट्रिय चाडको रुप्मा राज्यले दिएको अवस्था हो । यस् चाडलाई ब्रीहत तरिकाले आयोजना गर्न यूकेको प्रतिकुल मौसमले साथ नपाईने परिस्थितीले गर्दा चुम्लुङ यूकेका १६ वटा शाखाले आ-आफ्नो स्थानिय मातहतमा मान्ने गरिएको पनि अबस्था हो । यसो भएको हुँदा कियाचु युकेको केन्द्रीय कार्यसमितीले पनि हरेक बर्ष बेलायतका तमाम याक्थुङ/ लिम्बु समाजको प्रतिनिधि गरी कार्यक्रम संन्चालन गर्दै आईरहेको हो । यस् बर्षको लागि तङ्नामको बिधी र पद्धतिलाई पुरा गर्ने प्रकृयामा तुतुगेन तुम्मिहाङ मुन्धुमविद फेदाङमा श्री पदम सम्बाहाङफेको अग्रसर्तामा पूजाको बिधी पहिलो चरण र दोस्रो चरण तङ्नामको औपचारिकताको लागि केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बोको अध्यक्षता, केन्द्रीय सल्लाहकार, शाखा अध्यक्षहरु, केन्द्रीय सद्स्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र बिशेष वेष्ट केन्ट शाखाका बहुसंख्या सदस्यहरुको उपस्थिती लगायत कियाचु यूकेलाई सदा माया गर्ने याक्थुङ्बा र याक्थुङ्बाहरुको सहभागीताका साथ कियाचु यूकेको चुम्लुङदेनमा थप स्रमदान, अनी खेलकुदको गतिबिधीहरुमा आर्थिक, नैतीक र भौतिक कुराहरुमा योगदान दिनु हुने सम्पूर्ण मनका धनी र दानी ब्यक्तित्वहरुलाई याक्थुङ/लिम्बुको मुन्धुमी सिलाम साक्मा सजिएको खदाहरुले सम्मान गरिएको थियो । सम्पूर्ण कार्यक्रमको रुपरेखा केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुम र मनोरन्जनको लागि बिङगो ड्रको सन्चालन केन्द्रीय उपाध्यक्षदोय श्री खगेन्द्र लओती र श्री सन्त हुक्पा चोङ्बाङ ज्युहरुले गर्नु भएको थियो ।

आर्थिक गतिबिधीमा केन्द्रीय कोषाध्यक्ष श्री दीपेन्द्र याक्सो र तोंबा र पेय पदार्थमा केन्द्रीय उपाध्यक्ष श्रीमति अमृता पलुंवाको भूमिका रहेको थियो र चुम्लुङदेनलाई व्यवस्थापन गर्न मूल भुमिका केन्द्रीय कोषाध्यक्ष श्री जिवन प्यारा मादेन रहनु भईको थियो । सम्पूर्ण उपस्थितिहरूमा र यहाँहरूले गर्नु भएको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग प्रति अनि गरीमय सहभागीत भई तंगनामलाई सफलता प्रदान गर्नु भएकोमा आयोजक तथा केन्द्रीय कार्यसमिति हार्दिक कृतज्ञात र आभार प्रकट गरिन्छ ।

जय ! किरात याक्थुङ चुम्लुङ यूके ।